१६औं बार्षिक साधारण सभा सम्पन्न , एक बर्षमा सञ्चालन मुनाफा ९ करोड बढी

0
39

रत्ननगर, असोज १३- पूर्वी चितवनको रत्ननगरमा मुख्य कार्यालय रहेको युनिक बचत तथा ऋण सहकारी संस्था लि.को १६औं बार्षिक साधारण सभा शनिबार गरिएको छ ।

१६औं बार्षिक साधारण सभा सम्पन्न , एक बर्षमा सञ्चालन मुनाफा ९ करोड बढी 1१० हजार बढी शेयर सदस्य रहेको सो संस्थाको साधारण सभाको रत्ननगर नगरपालिकाका उपमेयर यादवप्रसाद पाठकले एक भब्य समारोहका बीच उद्घाटन गरेका थिए । साधारण सभामा संस्थाले गरेको आर्थिक उपलब्धी सार्वजनिक तथा संंस्थागत विकासमा योगदान दिएका शेयर सदस्यहरुलाई विभिन्न विधामा सम्मान गरिएको थियो । मुलुक आर्थिक मन्दीको चपेटामा रहेका बेला सो सहकारीले एक बर्षमा ९ करोड २८ लाख सन्चालन मुनाफा गर्न सफल भएको छ । जोखिम कोष व्यवस्थामा ४ करोड ४४ लाख रुपैया राखेको सो सहकारीले आर्थिक बर्ष २०७९/८० मा ४ करोड ३८ लाख १९ हजार रुपैया खुद मुनाफा गर्न सफल भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत मेघनाथ लामिछानेले जानकारी दिए ।

१६औं बार्षिक साधारण सभा सम्पन्न , एक बर्षमा सञ्चालन मुनाफा ९ करोड बढी 2सो आर्थिक बर्षमा ३० करोड ४८ लाख ८५ हजार आम्दानी गरेको सो सहकारीले २५ करोड १५ लाख ७२ हजार रुपैया खर्च कटाएर ४ करोड ३८ लाख १९ हजार रुपैया मुनाफा गर्न सफल हो । १० हजार १५४ जना शेयर सदस्य रहेको सो सहकारीको कुल सम्पती २ अर्ब २४ करोड ५८ लाख ९५ हजार, शेयर पुँजि १७ करोड ६ लाख २१ हजार, जगेडाकोषमा १६ करोड ६६ लाख ८४ हजार, ऋण जोखिम कोषमा ११ करोड २ लाख ३० हजार रहेको छ । १ अर्ब ७१ करोड ४१ लाख ४२ हजार बचत संकलन गरेको सो सहकारीले १ अर्ब ५९ करोड ४६ लाख ७४ हजार ऋण लगानी गरेको छ ।

१६औं बार्षिक साधारण सभा सम्पन्न , एक बर्षमा सञ्चालन मुनाफा ९ करोड बढी 3निरन्तर प्रगतिमा रहेको सो सहकारीले गत बर्षको तुलनामा यस बर्ष सञ्चालन आम्दानी ५ दशमलब ६९ प्रतिशतले बृद्धि भएको जनाएको छ । व्याज आम्दानी तर्फ २२ दशमलब ६४ प्रतिशत बृद्धि भइ २८ करोड ४० लाख, ९ हजार भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत लामिछानेले जानकारी दिए । साधारण सभाको अबसरमा सो सहकारीले २२ जना ज्येष्ठ शेयर सदस्य सहित १० जना असल ऋण, १० जना असल बचतकर्ता, ७ वटा संस्था, एक जना सर्वेत्कृत कर्मचारी र २ जना उत्कृष्ट कर्मचारी सहित चितवनका क्रियाशिल पत्रकाहरु संजय चौधरी र सन्तोष देवकोटालाई सम्मान गरेको छ । सो अबसरमा कार्यक्रमका प्रमुख अतिथि उपमेयर पाठकले मुलुक आर्थिक मन्दीको मारमा रहेको भन्दै सहकारीलाई जोगाउन शेयर सदस्यहरु इमान्दार हुनुपर्ने बताए ।

१६औं बार्षिक साधारण सभा सम्पन्न , एक बर्षमा सञ्चालन मुनाफा ९ करोड बढी 2आर्थिक मन्दीको असरले केही सहकारीहरु बन्द समेत भएको भन्दै त्यस्तो अबस्था आउन नदिन युनिकका शेयर सदस्यहरु जवाफदेही हुनुपर्नेमा पाठकले जोड दिए । उपमेयर पाठकले गरिवी निवारणलाई ध्यानमा राखेर उत्पादनशित क्षेत्रमा कर्जा लगानी गर्न सहकारीलाई सुझाब दिए । संस्थाका अध्यक्ष प्रेमकृष्ण खनालको अध्यक्षतामा भएको कार्यक्रममा जयमंगला सेवा केन्द्रका सयोजक रामहरि अधिकारीले स्वागत मन्तव्य राखेका थिए । सचिव सुरेन्द्रनाथ रेग्मीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष भीष्मराज न्यौपानेले धन्यावाद मन्तव्य राखेका थिए ।

१६औं बार्षिक साधारण सभा सम्पन्न , एक बर्षमा सञ्चालन मुनाफा ९ करोड बढी 5

कार्यक्रममा समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियानका अध्यक्ष बसन्त रानाले आगलागीबाट बच्ने उपाय र रत्ननगर नगरपालिकाका कृषि शाखा प्रमुख प्रविण लामाले विषादीको प्रयोग र मानब स्वास्थ्यमा परेको अबसरका बारेमा सचेतनामुलक प्रस्तुती दिएका थिए । २०६५ सालमा स्थापना भएको सो सहकारीले जयमंगला, नारायणगढ, पदमपुर, खोलेसिमल, पर्सा र माडीमा सेवा केन्द्र सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ । साधारण सभाको बन्दसत्रले अध्यक्ष प्रेमकृष्ण खनालले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र प्रमुख कार्यकारी अधिकृत लामिछानेले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ ।