रामनगरमा बृहत् खुल्ला योग शिविर सञ्चालन हुने

0
32

रामनगरमा बृहत् खुल्ला योग शिविर सञ्चालन हुने 1भरतपुर, असोज १२- भरतपुर महानगरपालिका–१ रामनगरमा बृहत् खुल्ला योग शिविर सञ्चालन हुने भएको छ । पतञ्जलि योग समिति नेपालको तत्वावधान र पतञ्जलि योग समिति चितवन तथा रामनगर ठिमुरा समाज भरतपुरको आयोजनमा तीनदिने बृहत् योग शिविर सञ्चालन हुन लागेको हो ।

रामनगरमा बृहत् खुल्ला योग शिविर सञ्चालन हुने 2रामनगरको पुष्पबाटीकामा यही असोज १३ देखि १५ गतेसम्म बिहान ५ देखि ७ बजेसम्म दुई घन्टा शिविर सञ्चालन गरिने भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

रामनगरमा बृहत् खुल्ला योग शिविर सञ्चालन हुने 3‘कोही पनि अस्पताल जान नपरोस्, गरौँ योग रहौँ निरोग’ भन्ने मूल नारासहित आयोजित शिविरमा पतञ्जलि योग समिति नेपालका प्रमुख वरिष्ठ योग गुरू लवदेव मिश्र प्रशिक्षक रहनुहुने समितिका संरक्षक तथा पूर्वप्रहरी नायब महानिरिक्षक ज्ञानेन्द्रविक्रम महतले जानकारी दिए ।

रामनगरमा बृहत् खुल्ला योग शिविर सञ्चालन हुने 4

उनले योगाभ्यास गर्दा मानिसको शारीरिक तथा मानसिक पक्ष बलियो हुने र स्वस्थ्य समाज निर्माणमा योगले सहयोगी भूमिका खेल्ने हुँदा शिविर आयोजना गर्न लागिएको बताए । खुलारुपमा शिविर सञ्चालन गर्दा सबैको पहुँचसम्म पुग्ने हुँदा सबैले यसको फाइदा लिन उनले आग्रह गरे ।

रामनगरमा बृहत् खुल्ला योग शिविर सञ्चालन हुने 5पत्रकार सम्मेलनमा असोज १४ गते भरतपुरको रामनगरका साथै गैँंडाकोटको मौलाकालिका मन्दिर परिसरमा समेत योगाभ्यासको कार्यक्रम रहेको महतले जानकारी दिए ।

रामनगरमा बृहत् खुल्ला योग शिविर सञ्चालन हुने 6शिविरमा दैनिक पाँच सय जनाभन्दा बढीको सहभागिता रहने आयोजकको अपेक्षा छ । योग शिविरको कार्यक्रम पश्चात भरतपुरमा योग शिक्षक तालिमसमेत प्रदान गरिने महतले पत्रकार सम्मेलनमा जानकारी दिए ।