गोलाघाटलाई ‘गोवा बिच मोडल’ मा विकास गरिन्छ : प्रदेश सांसद् सापकोटा

0
34

भरतपुर, असोज ११- पश्चिम चितवनको गोलाघाटमा पहिलोपटक पर्यटकलाई स्वागत गरिएको छ । दुई दिनअघि मात्रै गठित चितवन गोलाघाट पर्यटन विकास समितिले सिंगापुर र काठमाडौँबाट पश्चिम चितवनको गोलाघाट घुम्न आएका आएका पर्यटकहरुलाई एक औपचारिक कार्यक्रमका बीच स्वागत गरेको हो ।

गोलाघाटलाई ‘गोवा बिच मोडल’ मा विकास गरिन्छ : प्रदेश सांसद् सापकोटा 1बागमती प्रदेशका सासंद् ईश्वर सापकोटा (सुमन) र समितिका अध्यक्ष तेलबहादुर कुमाल (विशाल कुमाल)ले संयुक्त रुपमा ढााकाटोेपी, फूलमाला र खादा लगाइदिएर स्वागत तथा सम्मान गरेका थिए । सो अवसरमा आफूहरुलाई पर्यटन दिवसको अवसर पारेर स्वागत तथा सम्मान गरेकोमा पर्यटकहरुले खुसी व्यक्त गरेका थिए ।

पर्यटकहरुलाई स्वागत गर्दै कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका सासंद् ईश्वर सापकोटाले गोलाघाटलाई पर्यटकीय गन्तव्य बनाउन आफूले सक्दो प्रयास गर्ने बताए । उनले स्वागत गरिएका पर्यटकहरुलाई एकपटक लुम्बिनी भ्रमण गर्नसमेत आग्रह गरे ।

गोलाघाटलाई ‘गोवा बिच मोडल’ मा विकास गरिन्छ : प्रदेश सांसद् सापकोटा 2आर्थिक समृद्धिका लागि पर्यटन महत्त्वपूर्ण कडी भएको बताउँदै प्रमुख अतिथि सापकोटाले पर्यटन व्यवसाय पैसा कमाउने माध्यममात्र नभई देशको संस्कृति र पहिचान विश्वसामु पुर्‍याउने माध्यम पनि भएको तथ्यमाथि जोड दिए ।

उनले स्थानीय विद्यालयका विद्यार्थीलाई हप्ताको आधा घन्टामात्र भए पनि पर्यटनको बारेमा बुझाउन सुझाउँदै भने, ‘चाहे विदेशी हुन् या नेपाली हुन् नयाँ मान्छे देख्दा दुई हात जोडी नमस्कार गर्ने संस्कृतिको विकास गराइदिनुहोस्,’ उनले भने ‘कुमाल जातिको रीतिरिवाज र संस्कृतिको बारेमा कम्तीमा एउटा डकुमेन्ट्री बनाउनुहोस्, त्यो प्रचारप्रसारमा कोशेढुङ्गा साबित हुनेछ ।’

वैदेशिक रोजगारीमा युवाहरु धेरै विदेश जाने बाध्यताको प्रभाव गोलाघाट पनि रहेको भन्दै उनले यहाँ भएका आमा समूह, दिदीबहिनी समूह र अन्य समूहलाई क्रियाशील बनाउन सुझाव दिए । गोलाघाटलाई भारतको ‘गोवा बिच मोडल’मा विकसित गर्न वडा नं २८ को कार्यालय, भरतपुर महानगरपालिका र प्रदेश सरकारको क्रियाशीलता र लगानी आवश्यक रहेको उनले बताए ।

गोलाघाटलाई ‘गोवा बिच मोडल’ मा विकास गरिन्छ : प्रदेश सांसद् सापकोटा 3मेघौली पर्यटन विकास समितिका अध्यक्ष मोतीप्रसाद भूषालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा समितिका निवर्तनमा अध्यक्ष हरिचन्द्र महतो, नेकपा (माओवादी केन्द्र) का भरतपुर–२८ का इन्चार्ज श्यामप्रसाद अधिकारी, कुमाल समाज नेपाल भरतपुर–२८ का अध्यक्ष गञ्जसिंह कुमाल, नेपाली कांग्रेस भरतपुर–२८ का अध्यक्ष दण्डपाणि ढकाल, भरतपुर–२८ का वडाध्यक्ष दण्डपाणि रिजाल, पत्रकारहरु राजेन्द्र आचार्य र रवि अधिकारी तथा दर्जनौँ पर्यटन व्यवसायीहरुको सहभागिता रहेको थियो ।