काठमाडौँ, असोज ११ – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले राजनीतिमा देखिएको विकृति र विसंगतिका विरुद्धमा लड्ने बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले कलाकारकै कारण आफूले चुनाव जितेर आएको पनि बताए । उनले गीत गाउन नजानेर आफू राजनीतिक व्यक्तिको रूपमा उभिएको भन्दै कलाकारको सद्भाव र माया आफूमाथि धेरै रहेको बताए । मन्त्री गुरुङले धनराज राम्रो छ भनिदिएकै भरमा आफूले चुनाव जितेको दाबी गरे ।
प्रकाशित मिति: