भीभीआईपीहरु जात्रा अवलोकन गर्न पैदल जाने अभ्यास संस्थागत हुनेछ : बालेन

0
33

काठमाडौँ, असोज ११- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले इन्द्रजात्रा अवलोकन गर्न आएका भीभीआईपीहरूप्रति आभार व्यक्त गरेका छन्।

भीभीआईपीहरु जात्रा अवलोकन गर्न पैदल जाने अभ्यास संस्थागत हुनेछ : बालेन 1सामाजिक सञ्जालमार्फत बालेनले हनुमानढोका परिसरभित्र सवारी साधन निषेध गर्ने महानगरको निर्णयलाई स्वीकार गरि हिँडेर वसन्तपुर पुग्ने भीभीआईपीहरूप्रति आभार व्यक्त गरेका हुन् ।

भीभीआईपीहरु जात्रा अवलोकन गर्न पैदल जाने अभ्यास संस्थागत हुनेछ : बालेन 2‘सम्माननीय राष्ट्रपति, अन्य विशिष्ट अतिथीहरूले काठमाडौँ महानगरको अनुरोध स्वीकार गरिदिएर विश्व सम्पदा क्षेत्रमा हामीले बनाएको नो भेहकल जोन (सवारी साधन निषेधित क्षेत्र) मा सवारी साधन प्रवेश गराइदिनु भएन । उहाँहरुले जुद्ध सालिकदेखि पैदल नै गई जात्रा अवलोकन गरिदिनु भो । हामीलाई विश्वास छ, यसबाट सम्माननीय राष्ट्रपति, अन्य विशिष्ट अतिथीहरूले जात्रा अवलोकन गर्न पैदल जाने अभ्यासलाई संस्थागत बनाउने छ’ उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

भीभीआईपीहरु जात्रा अवलोकन गर्न पैदल जाने अभ्यास संस्थागत हुनेछ : बालेन 3साथै उनले काठमाडौँका सम्पदा संरक्षणमा योकदमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरेका छन् । उनी लेख्छन्, ‘सामान्य जस्तो लागे पनि काठमाडौँका सम्पदा संरक्षणमा यो अर्को फड्को हो । हाम्रो अनुरोधको परिवर्तनलाई स्विकार गरिदिनु भएकोमा आभारी छौँ ।’

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार  १० : १८ बजे