सिसीटीको जब फेयरमा विद्यार्थीको उत्साहजनक सहभागिता,२ सय जनाले दिए आवेदन

0
153

चितवन, असोज १०- भरतपुर महानगरपालिका वडा नम्बर १२ आस्था चोकस्थित चितवन कलेज अफ टेक्नोलोजी(सिसिटी)मा पहिलो पटक जब फेयर सम्पन्न भएको छ।

सिसीटीको जब फेयरमा विद्यार्थीको उत्साहजनक सहभागिता,२ सय जनाले दिए आवेदन 1आज कलेज परिषरमा विद्यार्थीको उत्साहजनक सहभागिता सहित सो जब फेयर सम्पन्न भएको हो । कलेजमा जबको लागि करीब दुईसय जनाले आवेदन दिएको कलेजले जनाएको छ ।

सिसीटीको जब फेयरमा विद्यार्थीको उत्साहजनक सहभागिता,२ सय जनाले दिए आवेदन 2कलेजका प्रिन्सिपल रवि तिवारीले कलेजमा सूचना प्रविधि अध्ययन गरेका विद्यार्थीलाई पढ्दै कमाउंँदै गर्ने अवसर दिन उक्त जब फेयरको आयोजना गरिएको जानकारी दिए ।

सिसीटीको जब फेयरमा विद्यार्थीको उत्साहजनक सहभागिता,२ सय जनाले दिए आवेदन 3विद्यार्थीले स्वदेशमै पढेर स्वदेशमै आकर्षक जागिर पाउन भन्ने हाम्रो उद्धेश्य हो, तिवारीले भने, जसले गर्दा दक्ष जनशक्ति बाहिर नजाउन र यहांँका कम्पनीले पनि दक्ष जनशक्तिको लागि बाहिर खोज्न नपरोस ।

सिसीटीको जब फेयरमा विद्यार्थीको उत्साहजनक सहभागिता,२ सय जनाले दिए आवेदन 4जब फयरझमा १५ वटा आईटी कम्पनीको स्टलले आवेदन माग गरेका थिए ।मेलामा टेकमाईन्ड नेटवर्क प्रा.लि , भायानेट, डायनामिक टेक्नोसफ्ट ,एस्ट्रानिक्स, हर्टसन , बिहानिटेक,आस्ट्रीक,देवसाईन,ड्रीमटेक नेपाल प्रा.लि लगायतका कम्पनीले जबको लागि आवेदन माग गरेका हुन् ।

सिसीटीको जब फेयरमा विद्यार्थीको उत्साहजनक सहभागिता,२ सय जनाले दिए आवेदन 5मेला अवधिभर कम्पनीले ’अन द स्पोट जब‘ दिनका लागि अन्र्तवार्ता र अनुभवी कागज लिएर जागिरको लागी छनौट गर्ने प्राचार्य तिवारीले बताए ।मेलामा कलेजका बिसिए, बिआईम र बिएससिसिएसआईटी पढ्दै गरेका र पढाई सकेर बसेका  विद्यार्थीलाई लक्षित गरिएको हो ।

सिसीटीको जब फेयरमा विद्यार्थीको उत्साहजनक सहभागिता,२ सय जनाले दिए आवेदन 6विद्यार्थीहरुलाई प्रयोगात्मक कक्षाहरुका साथै जबका लागि बाटो खोल्न पनि जब फेयर उपलब्धि मुलक रहेको उनको भनाई छ । कलेजले हरेक वर्ष जब फेयर लाई निरन्तरता दिने समेत बताएको छ ।

सिसीटीको जब फेयरमा विद्यार्थीको उत्साहजनक सहभागिता,२ सय जनाले दिए आवेदन 7जब फेयरमा रोजगार दिने कम्पनीहरुले सफ्टवेयर निर्माण , डिजाईन, वेफसाईट डेभलभमेन्ट, फ्रन्ट अफिसर, मोबाई एप डिभलपमेन्ट लगायतका जबहरु माग गरिएको थियो ।

सिसीटीको जब फेयरमा विद्यार्थीको उत्साहजनक सहभागिता,२ सय जनाले दिए आवेदन 8त्रिभुवन विश्वविद्यालयमा सम्बन्धन प्राप्त सो कलेजमा हाल बिसिए, बिआईम र बिएससि सिएसआईटीका कक्षाहरु सञ्चालन भईरहेको छ ।

सिसिटीले विद्यार्थीहरुका लागि व्यवहारिक र प्रयोगात्मक ज्ञानलाई विशेष प्राथमिकता दिएका कारण पनि यस कलेजको लोकप्रियता बढ्दै गईरहेको छ।

सिसीटीको जब फेयरमा विद्यार्थीको उत्साहजनक सहभागिता,२ सय जनाले दिए आवेदन 9कुनै पनि विधामा १२ कक्षा पास भएका विद्यार्थीले यी शिक्षा अध्ययन गर्नका लागि अवसर पाउने छन् । उत्कृष्ट विधार्थीको लागि यस कलेजले योग्यताका आधारमा शत प्रतिशत सम्म छात्रवृति दिने समेत व्यवस्था गरेकोे छ ।