चितवनका पुष्पाञ्जली कोशी आइपुगे

0
52

सप्तरी , असोज १०- चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएका दुई गैंडाले कोशीटप्पुमा पहिलो पाइला टेकेका छन्। मंगलबार बिहान ११ बजे कसराबाट हिँडेका पुष्पा र अञ्जली नामका दुई गैँडाले बुधबार बिहान ४ बज्न नपाउँदै सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिकामा पाइला टेकेका हुन् ।

विश्व पर्यटन दिवस–२०२३ को अवसर पारेर वन तथा वातावरण मन्त्री डा वीरेन्द्रप्रसाद महतोले चितवनका ती दुई गैंडालाई स्वागत गरेका थिए। खोरमा राखेर ट्रकमार्फत ल्याइएका गैंडालाई राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी लालबहादुर महतराले फलफूल खुवाउँदै कोशीटप्पुमा निर्मित खोरमा प्रवेश गराएका थिए।

राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक सहयोगमा यहाँ आइपुगेको गैंडालाई केही दिन यही खोरमा राखिने छ। त्यसपछि मात्रै प्रकृतिमा छाडिने राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख नरेश सुवेदीले जानकारी दिए।