भरतपुर,असोज ०८- पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर–८ खुरखुरेमा सोमबार दुई बस ठोक्किँदा ३१ जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्तीको खुरखुरेमा सोमबार दिउँसो पोखराबाट गौर तर्फआई रहेको ग१ख ७५३२ नं.को यात्रु बाहक बस र विरगंजबाट काठमाडौँ तर्फ जाँदै गरेको ना७ख ६०४१ नं.को बस एक आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो ।
दुर्घटनाबाट घाइते भएका यात्रुहरु र सवारी चालकहरुलाई उपचारको लागि भरतपुर लगिएको चितवन प्रहरीले जनाएको छ । चितवन मेडिकल कलेजमा उपचार भईरहेका छ जना मध्ये ना७ख ६०४१ बस चालकको अबस्था भने गम्भिर रहेको छ भने ग१ख ७५३२ नं.को बसको सह चालकको अबस्था मध्यम रहेको छ । पुरानो मेडिकल कलेजमा २५ जना र नेशनल अस्पताल भरतपुरमा १ जनाको उपचार भईरहेको छ ।
चितवन मेडिकल कलेजमा उपचार भई रहेको घाईतेहरु
ना७ख ६०४१ बस चालक हाल नाम थर वतन नखुलेको, ग१ख ७५३२ नं.को बसको सह चालक रौतहट बस्ने सुदर्शन पट्टेल, राधा तिमल्सीना, सुरेश राय, फुलकुमारी देवी र जयमंगल राययादव
पुरानो मेडिकल कलेजमा उपचार भई रहेको घाइतेहरु
ग१ख ७५३२ नम्बरको बस चालक महोमत अर्मान, यात्रुहरु अर्पना चौधरी, गिता भुजेल, जुनामाया अधिकारी, राममाया अधिकारी, बहादुर तितुङ, बिवेक गुप्ता, महोमद अस्ताव, मिना लम्साल, क्षितिज लम्साल, कृष्णमाया जिम्बा, बछिया देवी, अर्जुन ठाकुर, कौशिला रेग्मी, शिवबालक साह, अनत राउत, रामनाथ साह, वलीप्रसाद कलवार, रानी धोवी, ब्युटीकुमारी कलवार, जुना थापा, जमदार कुमार, शर्मिला कंडेल र किश्वर गुप्ता नेशनल अस्पताल भरतपुरमा उपचार भई रहेको घाइते
संजिता घोष