भरतपुर र बकुलहर अस्पतालमा मुटु रोगको उपचार गर्दा एक लाख १० हजार पाउने

0
102

चितवन, भदौ ७ –  बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले भरतपुर अस्पताल र बकुलहर रत्ननगर अस्पतालमा हृदय रोग (मुटुरोग) को उपचार गर्दा एक लाख १० हजार रुपैयाँ दिने भएको छ । आज भरतपुर अस्पतालमा आयोजित कार्यक्रममा यस सम्बन्धी सम्झौता भएको हो ।

भरतपुर र बकुलहर अस्पतालमा मुटु रोगको उपचार गर्दा एक लाख १० हजार पाउने 1बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले आज भरतपुर अस्पतालमा आयोजना गरेको कार्यक्रममा स्वास्थ्य मन्त्री उत्तम जोशी र भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले सम्झौता आदानप्रदान गर्नुभयो ।

सम्झौता अनुसार भरतपुर अस्पतालमा हृदयरोगको उपचार गरेका विपन्न बिरामीको एक लाख ५० हजारसम्मको भुक्तानी बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले गर्ने छ । बागमती प्रदेशवासीले यो सुविधा लिन सक्ने व्यवस्था रहेको छ ।

बागमती प्रदेश सरकारले यस अघि काठमाण्डौंका अस्पतालहरुमा यस्तो सम्झौता गरिसकेको छ । हृदयरोग लागेका नागरिकको निःशुल्क औषधि उपचारका लागि प्रदेश अन्तर्गतका बकुलहर रत्ननगर अस्पताल लगायत १३ वटै अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र र मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरसँग सम्झौता गरिसकिएको छ ।