रत्ननगर , असोज ६- पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ३ का उपभोक्ताहरुलाई शनिबार खानेपानीको समुचित प्रयोग र सुरक्षा सम्बन्धी सचेतनामुलक प्रशिक्षण दिइएको छ ।
रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था वडा नं ३ वडा समितिले आयोजना गरेको सो कार्यक्रममा खानेपानीको समुचित प्रगोग, खानेपानीको सुरक्षा र सरसफाई, पार्सदको दायित्व र भूमिका तथा खानेपानीको सुरक्षा र मुहान संरक्षणका बारेमा उपभोक्तालाई प्रशिक्षण दिइएको हो । कार्यक्रममा संस्थाका इन्जिनियर ज्ञानप्रकास पौडेलले खानेपानीको सुरक्षा र चुहावट नियन्त्रणका बारेमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै संस्थाका अध्यक्ष माधवप्रसाद अर्यालले सेवा क्षेत्र भित्रका सबै नगरबासीलाई खानेपानीका पहुँचमा पु¥याउने गरी पाइपलाइन विस्तार र धारा जडानलाई जोड दिइएको बताए । विपन्न परिवारलाई धारा जडानमा ५० प्रतिशत छुट रहेको भन्दै उनले निश्चित समयाबधि राखेर अन्य लाई पनि २५ प्रतिशत छुट दिइएको बताए । उनले १३ हजार उपभोक्तालाई दैनिक एक करोड लिटर पानी वितरण गगर्दै आएको जानकारी दिए ।
संस्थाबाट रत्ननगरका एकलाख जनाले पानी प्रयोग गर्दै आएको भन्दै अध्यक्ष अर्यालले पानी चुहावट नियन्त्रणको लागि पाइपलाईन मर्मतको कामलाई तीब्रता दिएको बताए । उनले धारा विग्रेको एक घण्टा भित्र मर्मत गर्ने र पैसा बुझाएको २४ घण्टा भित्र धारा जडान गरिसक्ने गरी योजना बनाएर काम गरेको बताए । कार्यक्रममा संस्थापक वडा संयोजक कमल भूषाल, पूर्व वडा संयोजक गुप्तनाथ भट्टराई, हिमालय खनाल, कृष्णप्रसाद घिमिरे र पूर्व वडासंयोजक स्वर्गीय नवराज खनाललाई सम्मान गरिएको वडा समितिकी सदस्य गीता सिंखडाले जानकारी दिइन् ।
वडा समितिका संयोजक शम्भूभक्त थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष सोहेन्द्रराज खरेल, निर्वतमान वडाध्यक्ष गुप्तनाथ भट्टराई, संस्थाकी कोषाध्यक्ष तथा पानी सुरक्षा समितिकी संयोजक सरस्वती लामा, सार्सद सदस्य शीला अधिकारी, कृष्ण पराजुली लगायतले मन्तव्य राखेका थिए । वडा समितिका सचिव मनहरि खनालले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष पतिराम चौधरीले कार्यक्रम गर्नुको उद्देश्यका बारेमा प्रकास पारेका थिए । कार्यक्रममा १३५ जनाको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: