रत्ननगरको दाजु बहिनी कृषि सहकारीको साधारण सभा सम्पन्न

0
20

रत्ननगर, असोज ६ – पूर्वि चितवनको रत्ननगर वडा नम्बर -१३ मा रहेको दाजु बहिनी कृषि सहकारी संस्था लिमिटेडको एघाराै बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभामा संस्थाको आगामी नीति तथा कार्यक्रम र आय ब्यय खर्चकाे अनुमाेदन गरिएको थियो । संस्थाले आगामी बर्ष सहकारीले पञ्चकन्या माध्यमिक बिधालयकाे बिधार्थी संग सयूक्तरुपमा बिधार्थीलाई आयआर्जनमा सक्रिय र जोड्का लागि विशेष कार्यक्रम ल्याउने निर्णय गरेको छ ।

रत्ननगर वडा नम्बर १३ का वडाध्यक्ष पोट बहादुर घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बडा नम्बर १२ का बडा सदस्य चन्द्रकला पनेरु , बडा नम्बर १३ का बडा सदस्यहरुकाे उपस्थिति रहेकाे थियाे । साधारण सभा संस्थाका अध्यक्ष ईश्वर खनाल काे अध्यक्षतामा सम्पन्न भएको हो ।