भरतपुर , असोज ६- लोकप्रिय सर्जक सुन्दर हमालको शब्द रचनामा रहको मौलिक लोक तथा दोहोरी गीत ‘पारी ठूली भिर’सार्वजनिक भएको छ ।
गायिका सिम्रन परियार र राजन कार्कीले गीतमा स्वर दिएका छन् । गीतमा राजन कार्कीको संगीत छ । नेपाली पनको आभाष दिने किसिमले गीतको निर्माण गरिएको सुन्दर हमालले बताए । गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा चर्चा पाएको छ ।
मौलिक लोक लयमा आधारित गीतमा मायालु जोडीबीचको प्रेम र उत्सवलाई चित्रण गरिएको छ । सञ्जय राईको छायांकन, अमृत चापागाईंको सम्पादन तथा मनोहर भण्डारीको निर्देशन रहेको भिडियोमा मौलिक धारमा तयार पारिएको हमालको भनाइ छ ।
गीतको भिडियोमा बेगम नेपाली र स्मारिका ढकालको अभिनय रहेको छ ।
प्रकाशित मिति: