इन्जिनियरिङ प्रवेश परीक्षामा पहिलो भएका अधिकारीलाई अंकुरम एकेडमीको सम्मान

0
26

चितवन, असोज ६- चितवनको अंकुरम एकेडेमीका विद्यार्थी रोचक अधिकारी काठमाडौँ विश्वविद्यालयले लिएको इन्जिनियरिङ प्रवेश परीक्षामा नेपालकै पहिलो भएका छन् ।

पाँच हजार जना विद्यार्थी सहभागी प्रवेश परीक्षामा अधिकारी पहिलो भएका हुन् ।

अंकुरम एकेडेमीले रोचकलाई शुक्रबार सम्मानित गर्दै एक हजार ६३७ सीबीटी स्कोर ल्याएर उनी नेपाल प्रथम भएको जनाएको छ । गोरखा स्थायी घरभई भरतपुर बस्दै आएका रोचकले त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले लिने प्रवेश परीक्षा पनि दिने तयारी गरेका छन् । एसओईको प्रवेश परीक्षामा प्रथम भएर रोचकले अंकुरमको पनि नाम राखेको अंकुरमका प्रिन्सिपल सुमन पौडेलले बताए ।

प्रवेश परीक्षा दिएपछि परीक्षा राम्रो भए पनि नेपाल प्रथम नै हुन्छु भन्ने कुरा नसोचेको रोचकले बतााए । एकेडेमीले विद्यार्थीको गुणस्तरमा विश्वास गरेकाले रोचक जस्तो विद्यार्थी उत्पादन गरेको कलेजका कार्यक्रम निर्देशक डा आरएन धितालले बताए । अंकुरमले एसईईमा धेरै जीपीए ल्याउने विद्यार्थी नखोज्ने बरु मध्यम जीपीए ल्याएका विद्यार्थीलाई सृजनशील र क्षमतावान बनाउने धितालले बताए । अधिकारीले एक नम्बरमा नाम निकाल्न सफल भएपछि एकेडेमीले हर्ष व्यक्त गरेको छ ।