एडिलेड,असोज ६- चितवन समाज साउथ अष्ट्रेलियाको प्रथम साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले उत्तम अधिकारीको नेतृत्वमा १३ सदस्यीय कार्य समिति निर्माण गरेको छ । जसको उपाध्यक्ष अनुप चन्द्र सुवेदी, सचिव अच्युत धमला, कोषाध्यक्ष सुदर्शन उप्रेती, सह सचिव संजिव पोखरेल र सदस्यहरुमा बिकास चापागाई, राजेश अधिकारी, सागर कडेल, सुवास सापकोटा, काजल गैर्हे, सबिना आचार्य, भिम न्यौपाने, कमला खड्का रहेका छन् ।
साधारण सभाको उद्घाटन गर्दै साउथ अष्ट्रेलियाका लागि नेपाली बाणिज्यदुत दिपक धमलाले समाजलाई साउथ अष्ट्रेलियामा रहेका नेपाली समुदायको हितमा थप क्रियाशिल हुन आग्रह गरे । कार्यक्रममा साउथ अष्ट्रेलिया सरकारको बहुसास्कृतिक आयोगकी सदस्य मञ्जु खड्का, एनआरएनए ओशियाना पुर्व सह संयोजक नविन केडल, फेन्का साउथ अष्ट्रेलिया संयोजक सुरेन्द्र रेग्मी, एनआरएनए साउथ अष्ट्रेलिया सचिव गणेश पराजुली, समाजसेवी प्रेम पाठकले साधारण सभा सफलताको शुभकामना व्यक्त गरेका थिए ।
प्रकाशित मिति: