लाइसियम स्कुलमा ४६० जना विद्यार्थीको आँखा परीक्षण

0
23

चितवन,असोज ५- रत्ननगर नगरपालिका वडा नम्ब र १ निपनीमा रहेको लाइसियम इन्टरनेशनल मोडल स्कुलले शुक्रवार शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुका लागि आँखा स्क्रीनिङ्ग गरेको छ ।

नेपाल नेत्र ज्योति संघ, भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा विद्यालयमा आयोजित कार्यक्रममा आँखा अस्पतालका प्राविधिक सुवाष सापकोटा सहितको प्राविधिक टिमले स्कुलका ४६० जना विद्यार्थीहरु र शिक्षक कर्मचारीहरुको आँखाको भिजन परीक्षण गरेका हुन् ।

भिजन परिक्षण पश्चात थप जाँच गर्ने क्रममा चिकित्सकले सात जना विद्यार्थीहरुले चस्मा लगाउनु पर्ने र एक जनाले औषधि राख्नु पर्ने सल्लाह दिनुका साथै चार जनालाई भरतपुर आँखा अस्पतालमा रिफर गरेका थिए ।

आँखा परीक्षणको क्रममा विद्यार्थीहरुले विद्यालयमै आँखा जाँच गरी आफ्नो आँखाको अवस्था जानकारी पाउन पाएकोमा खुशी व्यक्त गर्दे विद्यालय प्रशासनलाई धन्यवाद व्यक्त गरे ।

प्रवन्ध निर्देशक सन्तोष पन्तले विद्यालयले पठन–पाठनका अतिरिक्त विद्यार्थीहरुको शारीरिक अवस्थाको समेत ख्याल गरी समय समयमा स्वास्थ्य परीक्षण गरी रहेकोमा यस पटक देखि आवधिक रुपमा आँखाको परीक्षण समेत गर्न सुरु गरेको बताए ।

आगामी दिनमा दाँतको परीक्षणलाई समेत जोड्ने बताउदै आँखा अस्पताल भरतपुर परिवार प्रति आभार व्यक्त गरे ।