चितवन,असोज २ – उत्तरी गोरखाको हंसपुर क्षेत्रमा अलैचि खेतीको शुरुवात गरेर परिचय पाएका चिन्तामणि अधिकारीको निधन भएको छ ।
तत्कालिन हंसपुर गाउँ विकास समिति वडा नं. ३ तिलबारीमा बि.सं. १९९३ मा जन्मिनु भएका अधिकारीको सोमबार राती गैंडाकोटमा निधन भएको हो ।
अधिकारीको आज देवघाटमा अन्त्येष्टि गरिएको छ । अधिकारीले उत्तरी गोरखामा अलैचि भित्र्याएर त्यस क्षेत्रमा व्यवसायिक अलैचि खेतीको विकासमा ठूलो योगदान पुर्याउनु भएको छ । सरकारी निकायबाट समेत अग्रणी किसानका रुपमा उहाँ परिचित हुनुहुन्थ्यो ।
आफू जन्मिएको वडा नं. ३ का पूर्व अध्यक्ष समेत रहनु भएका अधिकारी स्थानीय ज्ञानज्योति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षको रुपमा १८ वर्षसम्म सेवा गर्नुभएको थियो ।
हालको अजिरकोट गाउँपालिका वडा नं. ३ मा सो ठाउँ पर्दछ । उहाँले धार्मिक, सामाजिक, शैक्षिक, राजनीतिक संघ संस्थामा रहेर उल्लेखनीय योगदान पु¥याउनु भएको छ ।
अधिकारी नेकपा एमालेको जेष्ठ कम्युनिष्ट मञ्चको सदस्य हुनुहुन्थ्यो । उहाँका दुई छोरा, तीन छोरी, सात नाति, तीन नातिनी र एक पनाति छन् ।
प्रकाशित मिति: