टिपटप समोसालाई काठमाडौँ महानगरले तिरायो २ लाख जरिवाना

0
33

काठमाडौँ, असोज १– अखाद्य वस्तु बेचेको पाइएपछि काठमाडौं महानगरपालिले टिपटप समोसा पसललाई दुई लाख रुपैयाँ जरिवाना तिराएको छ ।

बजार अनुगमनको क्रममा काठमाडौं महानगर–१७ मा रहेको सो समोसा पसलले अखाद्य वस्तु बेचेको पाइएपछि जरिवाना तिराइएको महानगरले जनाएको छ ।

पसलले उत्पादन गर्ने दूधबरी बिग्रिएको पाइएकोले अनुगमन टोलीका प्रमुख डा. अवधेशकुमार झाले जानकारी दिए ।