प्रचण्डकै नेतृत्वको सरकार पाँच वर्षसम्म चल्न सक्छः कांग्रेस नेता शशाङ्क कोइराला

0
10

चितवन, भदौ ३१- नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले अहिले सरकार परिवर्तनको सम्भावना नरहेको बताउनुभएको छ ।

प्रचण्डकै नेतृत्वको सरकार पाँच वर्षसम्म चल्न सक्छः कांग्रेस नेता शशाङ्क कोइराला 1आज यहाँ पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले सत्ता गठबन्धनमा सामान्य खटपट भए पनि अहिले नै सरकार परिवर्तनको सम्भावना नरहेको बताउनुभएको हो । उहाँले भन्नुभयो, “मेरो दृष्टिकोणले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार पाँच वर्षसम्म जान सक्छ, मलाई त्यस्तो लाग्छ ।” सरकारको स्थायित्व आवश्यक रहेको उल्लेख गर्दै उहाँले स्थायित्वले मात्रै देशको विकास सम्भव रहेको बताउनुभयो । पार्टीभित्रको खिचातानी सरकारमा हुन नहुने उहाँको भनाइ थियो ।

प्रचण्डकै नेतृत्वको सरकार पाँच वर्षसम्म चल्न सक्छः कांग्रेस नेता शशाङ्क कोइराला 2विगतमा कतिपय समझदारी भएर पनि तोडिएको प्रसङ्ग उल्लेख गर्दै उहाँले प्रचण्ड साधारण व्यक्ति नभएको उहाँको भनाइ छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचको तिक्तताका कारण पुनः एमालेसँग मिल्न जान सक्ने अवस्था नभएको उहाँले जिकिर गर्नुभयो ।

प्रचण्डकै नेतृत्वको सरकार पाँच वर्षसम्म चल्न सक्छः कांग्रेस नेता शशाङ्क कोइराला 3सम्भावना नेपालमा धेरै कुराको हुने जनाउँदै उहाँले अब कांग्रेस एक्लै हिँड्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कांग्रेस सकेसम्म एक्लै जाने हो, कसैसँग मिल्नु छ भने अहिले मिलीराखेको छ भइहाल्यो”, उहाँले भन्नुभयो, “मेरो दृष्टिकोणमा कांग्रेसले ठूलो पार्टी भए पनि प्रतिपक्षको नेतृत्व गरेको भए हुन्थ्यो ।”

प्रचण्डकै नेतृत्वको सरकार पाँच वर्षसम्म चल्न सक्छः कांग्रेस नेता शशाङ्क कोइराला 4सच्चा कांग्रेस एक भएर लाग्नुपर्ने समय आएको उहाँको भनाइ थियो । “इतिहास बलियो, सिद्धान्त राम्रो र परिवर्तनको महत्त्वपूर्ण भूमिका खेलेको कांग्रेस एक्लै अघि बढ्नुपर्छ”, उहाँले भन्नुभयो । पछिल्लो समय नयाँ शक्ति उदाउनुमा नेतृत्वको कमजोरी रहेको उहाँको आरोप छ । अब नेतृत्व सच्चिँदै युवा पुस्तालाई अघि बढाउनुपर्ने उहाँले बताउनुभयो । विचार राम्रो भए पनि कार्यशैलीमा परिवर्तन भए पार्टी एक्लै अघि बढ्न सक्ने उहाँको तर्क थियो । रासस