चितवन, भदौ ३०- चितवनको नारायणगढमा रहेको ग्रेस इन्टरनेशनल एजुकेसनले आयोजना गरेको शैक्षिक मेलामा विद्यार्थीहरूको उत्साहजनक उपस्थितिमा सम्पन्न भएको छ। शुक्रबार आफ्नै कार्यालय परिसरमा आयोजित शैक्षिक मेलामा ८ सय भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो।
मेलामा अष्ट्रेलिया, क्यानडा, युके, न्यु–जिल्याण्ड, अमेरिका र साउथ कोरियाका विभिन्न कलेज तथा विश्वविद्यालयका २५ बढी प्रतिनिधिहरुले प्रत्यक्षरुपमा विधार्थी तथा अभिभावकलाई परामर्श शैक्षिक जानकारी प्रदान गरेका ग्रेस इन्टरनेशनल चितवनका निर्देशक गणेश लामिछानेले जानकारी दिए ।
ग्रेस इन्टरनेशनल एजुकेसनका प्रबन्ध निर्देशक लक्ष्मण पौडेल ‘एन्ड्रयु’ ले शैक्षिक मेला कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । उद्घाटन कार्यक्रममा ग्रेस इन्टरनेशनल चितवनका निर्देशक गणेश लामिछानेले विश्वविद्यालयका प्रतिनिधिहरूलाई स्वागत समेत गरेका थिए ।
शैक्षिक मेलाले बाहिर पढ्न चाहने विद्यार्थीहरूलाई विश्वस्तरीय शैक्षिक अवसरहरू सँग जोड्न ध्यान आकर्षित गरेको थियो । त्यस्तै मेलाले विद्यार्थीहरूलाई विश्वभरका अग्रणी संस्थाहरूद्वारा प्रस्तावित शैक्षिक मार्गहरूको विस्तृत शृङ्खला अन्वेषण गर्ने अमूल्य अवसर प्रदान गरेको थियो। विश्वका प्रतिष्ठित विश्वविद्यालय र क्याम्पसका प्रतिनिधिहरू सँग प्रत्यक्ष अन्तरक्रिया गर्ने मौका पाएको, छात्रवृत्ति र उपलब्ध अवसरहरू बारे जानकारी पाएको हुँदा मेला उपलब्धी मूलक रहेको सहभागी विद्यार्थीहरूको भनाई थियो।
मेलामा उपस्थित हुने सम्पूर्ण विधार्थीहरुलाई आईएलटीएस र पीटीईमा विशेष छुट उपलब्ध गराएको लामिछानेले बताए । यस्तै मेलामा आकर्षक उपहारहरु समेत विद्यार्थीहरुलाई दिईएको थियो ।