मुम्बई, भदौ २६- शाहरुख खान स्टारर ‘जवान’ ले भारतसहित अन्तर्राष्ट्रिय बजारमा राम्रो कमाइ गरिरहेको छ ।
फिल्मको हिन्दी संस्करणले आइतबार (चौथो दिनसम्म) भारतीय बक्स अफिसमा २५२.०८ करोड भारु कमाएको छ । बिहीबार ६५.५० करोड भारुको ओपनिङ गरेको फिल्मले आइतबार ७१.६३ करोड भारु कमायो ।
साथै, ‘जवान’ छोटो समयमै २५० करोड भारु कमाउने पहिलो फिल्म बनेको छ । शाहरुखकै अघिल्लो फिल्म ‘पठान’ले २५० करोड भारु कमाउन पाँच दिन र ‘गदर २’ लाई ६ दिन लागेको थियो ।
जवानले ८१३ वटा उत्तर अमेरिकी बजारबाट ६।२ मिलियन डलर कमाएको छ । कृष्ण जन्माष्टमीमा रिलिज भएको जवानमा शाहरुखसहित नयनतारा, विजय सेतुपति, दीपिका पादुकोण लगायतको शीर्ष भूमिका छ । फिल्मलाई एट्लीले निर्देशन गरेका हुन् ।
प्रकाशित मिति: