नेम्वाङको निधनका कारण प्रतिनिधिसभा बैठक सर्‍यो

0
24

काठमाडौँ,भदौ २७- बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक एक दिन पछाडि सरेको छ ।

बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक संविधानसभा अध्यक्ष, प्रतिनिधिसभा सदस्य तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनका कारण बिहीबार अपरान्ह ३ बजे बस्नेगरी सारिएको संघीय संसदका महासचिव डा भरतराज गौतमले जानकारी दिए ।

हृदयघातका कारण नेम्वाङको मंगलबार बिहान निधन भएको थियो ।