भरतपुर,भदौ २७- नेपालको सबैभन्दा धेरै बिक्री हुने ब्राण्ड एलजीले दसैँ र तिहारका लागि आफ्नो नयाँ वर्ष अभियान ‘शुभसाइत दसैँतिहार घर भित्रिन्छन् नगद र उपहार’ योजना सार्वजनिक गरेको छ । यो अभियानमा एलजीको कुनै पनि उत्पादन खरिद गर्दा आकर्षक क्यासब्याक र ग्यारेन्टी उपहारहरू पाइने छ ।
यस योजनाअन्तर्गत एलजीको लागि नेपालको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्सले एलजी होम इन्टरनेन्मेन्ट र विभिन्न उपकरणहरू खरिद गर्दा ४० प्रतिशतसम्म क्यासब्याक र ग्यारेन्टी उपहारहरू उपलब्ध गराएको जनाएको छ ।
साथै, ग्राहकहरूले एलजीका सबै उत्पादनहरूमा विशेष मूल्यमा बिनालागत इएमआई प्राप्त गर्न सक्नेछन् । यसका साथै एक्सचेन्ज अफरको मज्जा लिन पनि सक्छन् । यस्तै ग्राहकहरूले एलजी लोयल्टी क्लब रिवार्ड कार्यक्रममा दर्ता गरी भिभान्त होटलमा २५प्रतिशतसम्म छूट पनि प्राप्त गर्न सक्ने बताइएको छ ।
यस योजनाअन्तर्गत ग्राहकले एलजी साइड बाई साइड र फ्रेन्च ढोर रेफ्रिजरेटरको खरिदमा माइक्रोवेभ ओभन/एयर फ्राइर, एलजी डबल डोर रेफ्रिजरेटरको खरिदमा मिक्सर ग्राइन्डर वा ग्यास चुलो, एलजी डबल डोर फ्रिजको खरिदमा फ्यान र कुलर र उपहार बक्स, सिंगल डोर फ्रिजमा क्यासब्याक, माइक्रोवेभ ओभनको खरिदमा माइक्रोवेभ किट पाउने छन् ।
यसैगरी, एलजी फ्रन्ट लोड वासिङ मेसिन (१० किलो र माथि) को खरिदमा इन्डक्सन कुकर, ९ किलोसम्मको एलजी वासर र वासर ड्रायरको खरिदमा डिटर्जेन्ट पाउडर, टप लोड ट्विन टबको खरिदमा ४ लि एरियल म्याटिक लिक्विड, एलजी डिसवासरको खरिदमा डिसवासर किट, एलजी भ्याकुम क्लिनरको खरिदमा चपर र एलजी एयर प्युरिफायरको खरिदमा एयर फ्राइर प्राप्त गर्न सक्ने छन् ।
भदौ २५ गतेदेखि सीमित अवधिको लागि लागू गरिएको यस अभियानमा एलजीको टिभी खरिद गर्ने उपभोक्ताले थप एक वर्षको वारेन्टीसमेत पाउन छन् । नयाँ वर्षको अफरले एलजी स्प्लिट रेसिडेन्सियलरफ्लोर स्ट्यान्डिङ र क्यासेट एयर कन्डिसनर खरिद गर्दा निःशुल्क इन्स्टलेसन गर्न सकिने सुविधा पनि छ ।