धरान,भदौ २६- धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्र विक्रम बेघाका भाइमाथि खुकुरी प्रहार भएको छ । धरान १५ सुर्यवस्तीमा बेघाका भाइ विष्णुमाथि खुकुरी प्रहार भएको हो ।
विष्णुमाथि १५ देखि २० जनाको समूहमा आएका युवाले घरमै खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट बेघाको देब्रेपट्टीको गालामा चोट लागेको छ ।
घटना के कारणले भएको हो भनेर अनुसन्धान भइरहेको र खुकुरी प्रहार गर्ने केटाहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: