चितवनको आईएसएमटी कलेजप्रति विद्यार्थीको आकर्षण बढ्दै

0
18

चितवन,भदौ २६- चितवनमा आईएसएमटी कलेजप्रति विद्यार्थीको आकर्षण बढेको छ । विदेश जान चाहने विद्यार्थीलाई अन्तिम वर्ष अष्ट्रेलिया, अमेरिका र बेलायतको विश्वविद्यालयमा पढ्न पाउने र देशमा बस्ने चाहनेलाई देशभित्र रोजगारीको अवसर मिल्ने भएपछि कलेजप्रतिको आकर्षण बढेको हो । चितवनमा नै बसेर बेलायती विश्वविद्यालयमा पढ्न पाइने भएपछि कलेजप्रतिको आकर्षण बढेको हो ।

भरतपुर महानगरपालिका–१२ मा रहेको आईएसएमटी कलेज चितवनमा स्थापित भएको १२ वर्ष पुगेको छ । यसले बेलायतको सुन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन लिएर सोही विश्वविद्यालयले निर्माण गरेको पाठ्यक्रममा आधारित भएर बीएस्सी आईटी र बीएचएम पढाउँदै आइरहेको छ । कलेजमा दुई वर्ष पढेपछि अन्तिम वर्ष बेलायत, अमेरिका र अष्ट्रेलियाका विश्वविद्यालयमा गएर पढ्ने अवसर रहेको कलेजका एशोसिएट अपरेशन म्यानेजर अस्मित शर्माले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालका अन्य कलेजहरुभन्दा बेलायतको पाठ्यक्रम समयसामयिक र व्यवहारिक रहेको छ । हामीले यही जनवरीबाट एमबीए पनि सुरु गर्दै छौँ ।’ उहाँले बेलायती ब्याचलर डिग्री तीन वर्षको कोर्स भए पनि त्रिभुवन विश्वविद्यालयले चार वर्ष बराबरकै मान्यता दिएको जानकारी दिनुभयो । समय अनुसार आवश्यक प्रयोगात्मक कार्य, व्यक्तिगत र सामूहिक अभ्यासहरु कलेजमा हुने उहाँले बताउनुभयो ।
कलेजमा बीएस्सी (हन्स) कम्युटर सिस्टम इन्जिनियरिङ पढ्न जम्मा आठ लाख ६७ हजार रुपैयाँ र बीएचएम पढ्न आठ लाख ३७ हजार रुपैयाँ शुल्क रहेको छ । कलेजले गुणस्तरीय र अन्तर्राष्ट्रिय तहको शिक्षा लिन यो शुल्क सर्वसुलभ नै रहेको जनाएको छ । आईएसएमटी कलेजमा होटल व्यवस्थापन अध्ययनरत विद्यार्थीले आफूले चाहेको होटलमा जागिरको लागि अन्तरवार्ता दिँदा छनोट भएको बताउनुभएको छ ।

उहाँले कलेजबाट लिएको ज्ञानको कारणले आफूले अवसर पाएको बताउनुभएको छ । कलेजले रोजगार मेला सञ्चालन गर्दा खुसी लागेको विद्यार्थीहरुको भनाइ छ । विद्यार्थीहरुले नेपालमा पनि विभिन्न व्यवसायिक कम्पनीहरु भएकोले रोजगारका लागि विदेश नै जानुपर्छ भन्ने नभएको बताएका छन् ।