काठमाडौं, भदौ २६ – राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनको खबरले आफूलाई स्तब्ध बनाएको बताएका छन् ।
नेम्वाङको निधनले आफूलाई मर्माहत र स्तब्ध बनाएको उनले ट्वीटमार्फत् बताएका हुन् । मंगलबार बिहानै हृदयघातका कारण नेम्वाङको निधन भएको हो ।
उनले नेम्वाङप्रति श्रद्धाञ्जली प्रकट गर्दै परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । ट्वीटमा थप भनिएको छ, ‘दुःखको यस घडीमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उहाँको पार्टीप्रति गहिरो समवेदना प्रकट गर्दछु ।’
प्रकाशित मिति: