चितवन, भदौ २५- चितवनको भरतपुरस्थित आइएसएमटी कलेजले सोमबार ‘जब फेयर २०२३’ को आयोजना गरेको छ । सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त प्रविधि मैत्री विदेशी शैक्षिक कार्यक्रममा अब्बल आइएसएमटी कलेजको आफ्नै प्राङ्गणमा सम्पन्न कार्यक्रममा चितवन र काठमाडौँका आठवटा कम्पनीहरुको सहभागिता रहेको थियो ।
भरतपुर महानगरपालिका वडा नम्बर १२ स्थित कलेज परिषरमा संभवत स् नेपालमै पहिलोपटक यस प्रकारको जब फेयर सम्पन्न भएको हो ।
मेलामा आठ वटा सूचना प्रविधि सम्बन्धी कम्पनी र एउटा होटलले जबको अफर गरेको कलेजले जनाएको छ । आइएसएमटी चितवनका एशोसियट अपरेशन मेनेजर (सहसञ्चालन व्यवस्थापक) अस्मित आचार्यले विद्यार्थीलाई पढ्दै कमाउंँदै गर्ने अभ्यास गर्न र स्वदेशमै रोजगारीको अवसर दिन जब फेयर आयोजना गरिएको बताए ।