चितवन अदालतले गर्‍यो उत्कृष्ट कर्मचारीलाई सम्मान

0
18

भरतपुर , भदौं २- जिल्ला अदालत चितवनले कार्यालयमा कार्यरत ३ जना उत्कृष्ट कर्मचारीलाई आइतबार सम्मान गरेको छ । गत वर्ष कार्यसम्पादनमा उत्कृष्ट हुन सफल ३ जनालाई कदरपत्र, नगदका साथमा दोसल्ला ओढाई सम्मान गरिएको हो ।

सम्मानित हुनेमा दायरी फाँटका नासु देवनारायण पौडेल, तामेलदार लक्ष्मीप्रसाद सुवेदी र कार्यालय सहयोगी रमेश रेग्मी रहेको अदालतका श्रेष्तेदार विष्णुप्रसाद आचार्यले जानकारी दिए ।

कर्मचारी सम्मान कार्यक्रममा बोल्दै चितवन अदालतका मुख्य न्यायाधीश रितेन्द्र थापाले एक जनालाई गरिएको सम्मानबाट अरुलाई पनि काम गर्ने प्रेरणा मिल्ने भन्दै जागिरे जीवनमा यस्ता सम्मान र पुरस्कारको भिन्न मह¤व हुने भनाइ राखेका थिए ।

सम्मानितका तर्फबाट बोल्दै नासु देवनारायण पौडेलले आफ्नो कामको मूल्याङ्कन गरी कार्यालयले सम्मान गरेकोमा गर्वित भएको प्रतिक्रिया दिए ।

गत भदौ २२ गते परेको निजामती सेवा दिवसकै अवसरमा सम्मान गरिने भनिएता पनि सो दिन सार्वजनिक बिदा परेकाले आइतबार सम्मान कार्यक्रम राखिएको अदालतका शाखा अधिकृत नवराज सापकोटाले जानकारी दिए ।