भरतपुर,भदौ २४- अखिल नेपाल महिला संघ अनेमसंघ (क्रान्तिकारी) भरतपुर २० को अध्यक्षमा हिरा नेपाली चयन भएकी छ। आइतबार भरतपुर २० स्थित खै कुना कोइवो गुम्बामा सम्पन्न भेलाबाट नेपाली अध्यक्षमा चयन भएकी हुन् ।
कमिटीको उपाध्यक्षमा विन्दु भुजेल, मिना महत्तो, शारदा नेपाली, सचिवमा सुनिता अधिकारी (लामिछाने) , सह–सचिवमा संगिता अधिकारी (बस्ताकोटी) र कोषाध्यक्षमा अमृता भुजेल चयन भएका छन् ।

सदस्यहरुमा विमला नेपाली,पञ्चमाया तामाङ,लक्ष्मी दवाडी,सरस्वती अधिकारी, माया विक,विनिता नेपाली,विन्दु महत्तो, विन्दु परियार, सुर्य कुमारी महत्तो र अमृता मगर रहेका छन् ।
यसैबिच भेलाले सल्लाहकार समिति पनि चयन गरेका छन् । सल्लाहकार समितिमा गोमा रेग्मी, भोजकुमारी परियार, सानुमाया महर्जन र सिता दवाडी छन् ।

गोमा रेग्मीको सभापतित्व तथा नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य प्रताप गुरुङको प्रमुख अतिथि र अखिल नेपाल महिला संघ (क्रान्तिकारी) चितवन जिल्ला अध्यक्ष शर्मिला विक लामाको विशिष्ट आतिथ्यतामा वडा भेला तथा तीज विशेष कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा दुई सय भन्दा बढी महिलाहरुको उपस्थित रहेका थिए ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि गुरुङले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वले चालेको भष्ट्रचार विरोधी महा अभियानमा साथ दिन आग्रह गरे । साथै उनले नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीजलाई तडक भडक विना सस्कार संस्कृति जोगाउने गरि सभ्य रुपमा मनाउनु पर्नेमा जोड दिए ।