रत्ननगर रोटरीद्धारा बार्षिक कार्ययोजना निर्माण

0
44

रत्ननगर, भदौ ११ – रोटरी क्लव अफ रत्ननगरले बार्षिक कार्ययोजना निर्माण गरेको छ । गत बर्ष गरेका सामाजिक कामको समीक्षा गर्दै रोटरीले भावि कार्ययोजना निर्माण गरेको हो ।

भरतपुरको जगतपुरमा आयोजित ११११ औं नियमित बैठक तथा फेलोसीप कार्यक्रममा बार्षिक समीक्षा तथा भावि कार्ययोजना निर्माण गरिएको हो । बर्ष २०२३/२४ मा शिक्षा,स्वास्थ्य र विकास निर्माणलाई केन्द्रीत गरेर बार्षिक कार्ययोजना निर्माण गरिएको हो । रोटरीले एक बर्ष भित्र असोज महिनामा बृहद् रक्तदान, माघ २ गते मिनी म्याराथुन, सौराहामा रोटरीले निर्माण गरेको घण्टाघरको सौन्र्दर्यीकरण,प्रतिभा सम्मान तथा अन्य सामाजिक काम गर्ने गरी बार्षिक कार्ययोजना निर्माण गरिएको छ ।

बर्ष २०१९/२० मा विपीन पोखरेल अध्यक्षहुँदा सुरु गरिएको मिनी म्याराथुन कोरोनाका कारण रोकिएको थियो । रोटरीले बर्ष २०२३/२४ बाट म्याराथुन पुनः सुरु गर्ने गरी योजना निर्माण गरेको हो । कार्यक्रममा पोलियोरोग उल्मुलनको लागि योगदान गरेका सुर्यप्रसाद रेग्मी र दिलीप सुवेदीलाई सम्मान स्वरुप पिन प्रदान गरिएको छ ।

तत्कालीन पोलियो कमिटीका अध्यक्ष विपिन पोखरेलले उनीहरुलाई पिन लगाइदिएका हुन् । क्लवका अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी फाउण्डेशनमा सहयोग गर्ने क्लवका सदस्यहरुलाई सम्मान समेत गरिएको थियो ।

जोन ३७ का असिष्टेन गर्भनर सुरेन्द्रनाथ रेग्मीले कार्यक्रमको उद्देश्यका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा स्पाउस क्लवका पदाधिकारी तथा सदस्यहरुको समेत सहभागिता रहेको थियो ।