प्रमोद खरेलको ‘गङ्गा जमुना’ सार्वजनिक (भिडियो)

0
100

काठमाडौं, भदौ १०- गायक प्रमोद खरेलको आवाजमा रहेको नयाँ गीत ‘गङ्गा जमुना’ सार्वजनिक भएको छ।  राजेन्द्र थापाको शब्द रहेको गीतमा शम्भुजित बाँस्कोटाको संगीत रहेको छ।  डान्सिङ फ्लेवरको गीतको अडियो र भिडियो दुवै इनर्जेटिक बनेको  छ । 

राजीव समरको कोरियोग्राफी र निर्देशनमा तयार भएको भिडियोमा प्रमोद खरेल, दिलीप रायमाझी, अञ्जली अधिकारी र उषा उप्रेतीको अभिनय रहेको छ।  

प्रमोद खरेलको ‘गङ्गा जमुना’ सार्वजनिक (भिडियो) 1

बुद्ध थापाले खिचेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन्।

(भिडियो)