चलचित्र ‘महाजात्रा’ चैत ९ गते प्रदर्शनमा आउने

0
97

काठमाडौं,भदौ ९-  चलचित्र  ‘महाजात्रा’ चैत ९ गते प्रदर्शनमा आउने भएको छ । 

यसअघि ‘जात्रा’, ‘जात्रै जात्रा’ सुपरहिट भए पछि निर्माण पक्षले आज ‘महाजात्रा’ को रिलिज डेट घोषणा गरेको हो । 

चलचित्र ‘महाजात्रा’ चैत ९ गते प्रदर्शनमा आउने 1

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहने चलचित्रको मुख्य भूमिकामा विपिन कार्की रहने भएका छन । साथै, कार्कीसँग रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, हरिवंश आचार्यलगायत कलाकारको अभिनय रहने  निर्माण पक्षले जनाएको छ ।

कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँ रहेको चलचित्र दीपेश खत्री (म्याक्स) र यज्ञेश्वर पौडेलले  निर्माण गर्ने भएका हुन ।

चलचित्र ‘महाजात्रा’ चैत ९ गते प्रदर्शनमा आउने 2