चितवन इङ्लिस आमाविमा ४०० जनाको आँखा परीक्षण

0
55

भरतपुर, भदौं ५- नेपाल नेत्र ज्योति संघ चितवन र भरतपुर आँखा अस्पतालको संयोजनमा आँखा शिविर सम्पन्न भएको छ ।

भरतपुर महागरपालिका वडा नं–२, क्षेत्रपुरस्थित चितवन इङ्लिस आमाविमा सञ्चालित शिविरमा डा. सुनु दुलाल र बाह्य संयोजक रमेश घिमिरेको नेतृत्वमा २४ जना चिकित्सकको टोलीले विद्यालयका सम्पूर्ण विद्यार्थी, शिक्षक तथा कर्मचारी गरी ४०० जनाको निःशुल्क आँखा परीक्षण गरिएको थियो ।

परीक्षणका क्रममा समस्या देखिएका विद्यार्थीहरुलाई पुनः परीक्षणको लागि आँखा अस्पतालमा रिफर गर्दै चस्मा लगाउन सिफारिस गरिएको थियो ।

आँखा शिविरको चिकित्सकको टोलीलाई विद्यालयका संस्थापक प्राचार्य केशवकुमार श्रेष्ठले सम्पूर्ण चिकित्सक टोलीलाई सम्मान गर्दै नेत्रज्योति संघ चितवन र भरतपुर आँखा अस्पताललाई मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रमको व्यवस्थापन स्काउट शिक्षक रवीन्द्र भण्डारीले गरेका थिए ।