सुनचाँदी व्यवसायी महिला समूहको स्थापना दिवस

0
61

भरतपुर,भदौ ०५- सुनचाँदी व्यवसायी महिला समूह चितवनले मंगलबार १२ औँ स्थापना दिवस मनाएको छ ।

कार्यक्रममा २०७९ सालको एसइई परीक्षामा सर्वोकृष्ट अंकसहित उत्तीर्ण एक/एक जना छात्रछात्रालाई सम्मानपत्र र स्टेसनरी सामग्रीहरुसहित सम्मान गरेको छ । सम्मानित हुनेहरुमा प्रतीक रामदाम र सभ्यता लामिछाने रहेका छन् ।

कार्यक्रममा ज्येष्ठ मिलन केन्द्र चितवनको आश्रय स्थल निर्माणका लागि केन्द्रका अध्यक्ष डिलबहादुर नेपालीलाई महिला समूहले आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

महिला समूह चितवनकी अध्यक्ष शान्ता थापा विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका विज्ञ परामर्श समिति सदस्य ज्ञानेन्द्रमान शाक्यको प्रमुख आतिथ्यता रहेको थियो ।