रोटर्‍याक्ट क्लव अफ चितवनको ३०औं पदस्थापना कार्यक्रम सम्पन्न

0
61

चितवन, भदौ ४– रोटर्‍याक्ट क्लव अफ चितवनको ३०औं पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । भरतपुरमा क्लबका अध्यक्ष प्रभा गुरुङको अध्यक्षतामा पदस्थापन कार्यक्रम सम्पन्न भएको हो।

रोटर्‍याक्ट क्लव अफ चितवनका रोटरी वर्ष सन् २०२२/२३ का अध्यक्ष अच्युत न्यौपानेले रोटरी वर्ष २०२३/२४ का अध्यक्ष प्रभा गुरुङ्लाई पद हस्तान्तरण गरेका थिए । कार्यक्रममा विगत एक वर्षमा भएका कामको बारेमा समिक्षा गरिएको थियो भने निवर्तमान अध्यक्ष अच्युत न्यौपानेले आफ्नो कार्यकालमा विशेष सहयोग गर्नेलाई विभिन्न अवार्डसहित सम्मान गरेका थिए ।

रोटरी डिष्ट्रिक ३२९२ का पूर्व डिष्ट्रिक गभर्नर रबीन्द्र पिया प्रमुख अतिथी रहेको कार्यक्रममा मातृ क्लब चितवन रोटरी क्लबका अध्यक्ष चन्द्रेश्वर भट्टराई, रोटर्‍याक्ट डिष्ट्रिक्ट ३२९२का निर्वाचित डि आर आर विक्रम क्षेत्री संस्थापक डि आर आर एवं रोटर्‍याक्ट क्लव अफ चितवनका पूर्व अध्यक्ष राजन पिया, क्लबका संस्थापक अध्यक्ष निरञ्जन प्रधान विशेष अतिथी रहेका थिए । क्लबका पूर्व अध्यक्ष, रोटरियन, पदाधिकारी, सम्पूर्ण सदस्य तथा छिमेकी क्लबका सदस्यहरूको बाक्लो उपस्थिति बिच गुरुङ् नेतृत्वको नयाँ कार्यसमितिलाई स्वागत, शूभकामना एवं बधाई ज्ञापन गरिएको थियो । निर्वाचित डि आर आर विक्रम क्षेत्रीले अध्यक्ष प्रभा गुरुङ्लाई सपथ ग्रहण गराएका थिए ।

क्लबका सचिव बिपाशा घिमिरे र सदस्य प्रजू पौडेलले संयुक्त रुपमा सञ्चालन गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी पियाले सन् १९९४ मा रोटरी क्लब चितवन मार्फत यस रोटर्‍याक्ट क्लव अफ चितवनका स्थापनाको दिन सम्झदै क्लब गरिमामय ३० औं पदस्थापना सम्म आईपुग्नू एउटा इतिहास भएको बताए । उनले क्लब मार्फत व्यक्तित्व विकाश र आफ्नो सिप, क्षमता बिकासमा लाग्न उपस्थित युवाहरुलाई मार्गनिर्देश दिए ।