स्वरूप राज आचार्यको नेपाली भजन ‘मानव भूलहरू’को भिडियो सार्वजनिक

0
80

काठमाडौँ, भदौँ ०१- गायक स्वरूप राज आचार्यको आवाज रहेको नेपाली भजनको भिडियो सार्वजनिक भएको छ् ।

रमेश दियालीको शब्दमा र अभिनय रहेको भिडियो विश्वा भूटानी हिन्दु संगठन द्वरा गरिएको माहायज्ञा कार्यक्रममा बिमोचन गरिएको थियो। । यस भजनलाई बिशाल गुरूंगजीले प्रस्तुत र लगानी गर्नु भएको थियो।

ए बि डिम क्रेसनको अफिसियल युटुप च्यानेल मार्फत हेर्न सकिन्छ । भिडियोमा रमेश दियालीको अभिनय देख्न सकिन्छ ।  रमेश दियाली पछिल्लो समय रुचाइएको मोडल हुन् । उहाको दर्जनौ म्युजिक भिडियोमा सफल अभिनय देख्न सकिन्छ। भजनमा पनि उहाको अहिले सम्मकै फरक अबतारमा देखा परेका छन् ।

भिडियोको निर्देशन प्रकाश धितालले गरेका हुन् । प्रवासमा रहेर दियालीले नेपाली गीत संगीतमा उल्लेख्य समय दिएर सांगीतिक कर्मलाई निरन्तरता  दिइरहेका छन् । उनका दर्जन बढी भिडियोहरू बजारमा आइसकेका छन् ।