रत्ननगरमा कृषि र पशुपालन विकासको लागि प्राविधिक सेवा सुरु

0
19

चितवन,साउन ३१- रत्ननगर नगरपालिकाले कृषि र पशुपालनको विकासको प्राविधिक सेवा सुरु गरेको छ । नगर गौरवको योजना अन्तर्गत गोठ–गोठमा भेटेरिनरी र खेत–खेतमा कृषि प्राविधिक सेवा सुरु गरेको हो । वडा नं ८ को कार्यालयमा बुधबार आयोजित एक औपचारिक कार्यक्रमका बीच मेयर प्रलाद सापकोटाले प्राविधिक सेवाको उद्घाटन गरेका छन् ।

रत्ननगरमा कृषि र पशुपालन विकासको लागि प्राविधिक सेवा सुरु 1

सो अबसरमा मेयर सापकोटाले कृषि र पशुपालनमा उत्पादन बढाउन प्राविधिक सेवा सुरु गरिएको बताए । प्राविधिक सेवा सञ्चनलनको लागि नगरपालिकाले चालु आबमा ८० लाख रूपैया विनियोजन गरेको मेयर सापकोटाले जानकारी दिए ।

रत्ननगरमा कृषि र पशुपालन विकासको लागि प्राविधिक सेवा सुरु 2

पशुपालनको विकास गरि दूध उत्पादन बढाउन घाँसमा प्रतिकठ्ठा दुई हजार र दुधमा प्रतिलिटर एक रुपैया अनुदान रकम वितरण भन्दै उनले चालू आबबाट भेटेरिनरी सेवा सुरु गरिएको बताए । उनले कृषिक्षेत्रमा उत्पादन बढाउन किसानहरुलाई ५० प्रतिशत अनुदान प्रदान गरेको जानकारी दिए ।

रत्ननगरमा कृषि र पशुपालन विकासको लागि प्राविधिक सेवा सुरु 3

सो कार्यक्रम अन्तर्गत १६ वटै वडामा महिनाको एक पटक विज्ञ सहितको प्राविधिक टोली किसानको खेत र गोठमा पुगेर बाली र पशुको उपचार गर्ने छन् । प्राविधिक सेवाको उपलब्धताको लागि नगरवासीले वडा कार्यालय तथा फोन गरेर प्राविधिकलाई खबर गर्न सकिने गरि व्यवस्था मिलाइएको आर्थिक विकास समितिका अध्यक्ष सोहेन्द्रराज खरेलले जानकारी दिए ।

रत्ननगरमा कृषि र पशुपालन विकासको लागि प्राविधिक सेवा सुरु 4

कृषि तर्फ जैविक विषादीमा ७५ प्रतिशत र रासायनिक विषादीमा २५ प्रतिशत अनुदानको व्यवस्था गरिएको छ । पशुपालन तर्फ नगरपालिकाले नियमित रुपमा किसानलाई उपलब्ध गराउने प्रदान गरिने छ । कृषिमा तीन जना र पशुमा तीन जना प्राविधिक टोली परिचालन गरिएको खरेलले बताए ।

रत्ननगरमा कृषि र पशुपालन विकासको लागि प्राविधिक सेवा सुरु 5

गोठ र खेतमा पुगेका प्राविधिकहरुले उपचारसंगै किसानलाई आवश्यक परामर्श सेवा समेत उपलब्ध गराउने छन् । पशुपालन तर्फ रत्ननगरमा ११५ वटा गाईफर्म र २५ वटा व्यवसायिक भैंसी फर्म रहेका छन् । यहाँ दैनिक ५५ हजार लिटर दूध उत्पादन हुँदै आएको पशुशाखा प्रमुख शालिग्राम पौडेलले जानकारी दिए । कृषि तर्फ रत्ननगरमा १५ हजार किसानहरुले खेती गर्दै आएका छन् ।

रत्ननगरमा कृषि र पशुपालन विकासको लागि प्राविधिक सेवा सुरु 6

यहाँ बार्षिक १० हजार मेट्रिकटन धान, ७ हजार मेट्रिकटन मकै, ४ हजार मेट्रिकटन केरा, एक हजार मेट्रिकटन तोरी र ३० हजार मेट्रिकटन तरकारी उत्पादन हुँदै आएको कृषि विकास अधिकृत प्रविन लामाले जानकारी दिए ।

रत्ननगरमा कृषि र पशुपालन विकासको लागि प्राविधिक सेवा सुरु 7

वडा नं ८ का वडाध्यक्ष कृष्ण चौधरीले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा बिज्ञ सल्लहाकार रामहरि न्यौपाने, वडाध्यक्षहरु कुलप्रसाद सापकोटा, राजेन्द्र घिमिरे, रामकुमार चौधरी, बालकृष्ण चापागाईँ, किरण चौधरी, सजना महतो, अनन्त अधिकारी, सुवास घिमिरे, होमनाथ रानाभाट,सुन्दरमणि सुवेदी, हेमराज थापा,कार्यपालिका सदस्य देबेन्द्र भूजेल लगायतको उपस्थिति रहेको थियो ।