महालक्ष्मी विकास बैंकलाई ‘एक्सिलेन्स अवार्ड’

0
26

भरतपुर, साउन ३०- विगत २९ वर्षदेखि सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी बैंक बैंकिङ एन्ड इन्स्युरेन्स इन्स्टिच्युट अफ नेपाल (बिएफआइएन)द्वारा प्रदान गरिने एल एन्ड डी एक्सिलेन्स अवार्ड–२०२३ बाट सम्मानित भएको छ ।

बैंकले गोल्ड श्रेणीअन्तर्गतको सो पुरस्कार प्राप्त गरेको हो । काठमाडौँस्थित अलफ्ट काठमाडौँ होटलमा आयोजित लिडर फर द नेक्स्ट जेनेरेसन ः एस्पेक्ट द अनएक्सपेक्टेड कन्फरेन्सबीच नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले महालक्ष्मी विकास बैंक मानव संशाधन विभागका प्रमुख विशालराज कार्कीलाई सो पुरस्कार हस्तान्तरण गरेका हुन् ।