कांग्रेसद्वारा मुगुमा भएको जीप दुर्घटनाप्रति दुःख व्यक्त

0
24
congress chitwan

काठमाडौँ, साउन ३०- नेपाली कांग्रेसले मुगुको सोरूकोटबाट गमगढीतर्फ जाँदै गरेको ज १ च ७७७२ नंको जीप सोरु गाउँपालिका–७ मा आइतबार दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको र चार जना सख्त घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

कांग्रेसले आज विज्ञप्तिमार्फत सो घटनाका मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

कांग्रेसद्वारा मुगुमा भएको जीप दुर्घटनाप्रति दुःख व्यक्त 1

साथै, कांग्रेसले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरुको उचित उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।