विराटनगर, साउन २९- सप्तकोशीमा पानीको बहाव बढेसँगै ५६ वटै ढोका खोलिएको छ । आज बिहानको मापन अनुसार सप्तकोशीमा ४ लाख ५२ हजार ७१० क्यूसेक प्रति सेकेन्ड पानीको बहाब रहेको ब्यारेजस्थित प्रहरीले जनाएको छ ।
प्रहरीले पानीको बहाब बढेकै कारण सुरक्षा सतर्कता बढाईएको बताएको छ । यद्यपि सवारी साधन आवतजावत भने सहज ढंगले नै भइरहेको छ । सप्तकोसीमा एक लाख ५० हजार क्युसेक पानी नाघेपछि खतराको सङ्केत मानिन्छ ।
प्रकाशित मिति: