मलाई ‘आतंककारी’ सरकारले पक्राउ गर्‍यो, सोमबार बोल्न नदिए विद्रोह गर्छु : सांसद शर्मा

0
23

काठमाडौँ, साउन २८- नेपाली कांग्रेसका सांसद सुनिल शर्माले ‘आतंककारी’ सरकारले आफूलाई पक्राउ गरेको आरोप लगाएका छन् ।

संसद भवन नयाँ बानेश्वरमा आइतबार बसेको कांग्रेस सांसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद शर्माले आफूलाई ‘आतंककारी’ सरकारले पक्राउ गरेको आरोप लगाएका हुन् ।

उनले सोमबार बोल्न नपाए विद्रोह गर्ने चेतावनी दिए । उनले आफ्नो पार्टी सरकारमा भएपनि त्यस्तो महसुस नभएको टिप्पणी गरे ।

शर्माले वर्तमान सरकारलाई छिटो विदा गर्नुपर्ने धारणा राखेको बताए । उनले भन्सारको जिम्मा लिएको अर्थ र गृहले सुन तस्करीका बारेमा थाहा नपाउने कुरालाई जनताले नपत्याउने उल्लेख गरे ।