रत्ननगर, साउन २८- चितवनको रत्ननगर नगरपालिकामा आइतबार नेपाल शिक्षक महासंघले धर्ना दिएको छ ।
मन्त्रिपरिषद्मा पेश गरिएको शिक्षा ऐनको विरुद्धमा पालिका स्तरीय देशव्यापी आन्दोलनको कार्यक्रम अन्तर्गत संघको नगर समितिले रत्ननगर नगरपालिकामा पनि चार घण्टा धर्ना दिएको हो । मन्त्रीपरिषद्मा पेश गरिएको शिक्षा ऐनमा समाबेस गरिएको केही बुँदा शिक्षकको हितमा नरहेको भन्दै महासंघले संशोधनको माग गर्दै देशव्यापी आन्दोलन सुरु गरेको हो ।
धर्नापछि संघले रत्ननगर नगरपालिलकाका मेयर प्रलाद सापकोटालाई ध्यानर्कषणपत्र समेत बुझाएको छ । नेपाल शिक्षक महासंघ नगर समितिका अध्यक्ष विक्रमबहादुर अधिकारीको नेतृत्वमा ध्यानर्कषणपत्र बुझाइएको हो ।
प्रकाशित मिति: