काठमाडौं, साउन २८- गत शुक्रबारदेखि बलिउड फिल्म ‘गदर २’ र ‘ओ माइ गड २’ प्रदर्शन भइरहेको छ। यी दुवै फिल्मलाई भारतीय फिल्म समीक्षकहरूले सकारात्मक प्रतिक्रिया दिइरहेका छन्। बक्स अफिसमा भने अक्षय कुमारको’ओ माइ गड २’ भन्दा सनी देओलको ‘गदर २’अगाडि देखिएको छ।
बलिउड फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्म ‘गदर २’ले पहिलो दिन ४० करोड १० लाख भारू कमाएको छ भने’ओ माइ गड २’ ले १० करोड २६ लाख भारू कमाएको छ।
‘गदर २’ सनी देओलको करियरकै ठूलो ओपनर फिल्म बनेको छ। साथै सन् २०२३ मा सर्वाधिक ओपनिङ गर्ने दोस्रो फिल्म बनेको छ। यसअघि शाहरूख खानको ‘पठान’ ले पहिलो दिन ५५ करोड भारू कमाएको थियो।
बलिउड अभिनेता सनी देओल र अमीषा पटेल अभिनीत फिल्म ुगदर २ु मा भारतीय सेनामा भर्ती भएका तारा सिंहका छोरा पाकिस्तान सेनाको कब्जामा पर्छन्। उनलाई सेनाको कब्जाबाट छुटाउन तारा सिंहले गरेको संघर्षलाई फिल्ममा देखाइएको छ।
अनिल शर्माले निर्देशन गरेको फिल्ममा सनी देओल, अमीषा पटेल, उत्कर्श शर्मा, मनिष वधवा, गौरव चोपडा, लुभ सिन्हा, सिम्राट कौरलगायत कलाकारको अभिनय छ। फिल्मको कथा शक्तिमान तलवारले लेखेका हुन्।
बलिउड अभिनेता अक्षय कुमार अभिनीत फिल्म’ओ माइ गड २’ मा पंकज त्रिपाठीलाई आस्तिक र अक्षयलाई भगवान शिवको सन्देशवाहकको रूपमा प्रस्तुत गरिएको छ।
अमित राय लिखित तथा निर्देशित फिल्ममा अक्षय र पंकजसँगै यामी गौतमको मुख्य भूमिका छ। सन् २०१२ मा प्रदर्शन भएको फिल्म ‘ओ माइ गड २ बक्स अफिसमा हिट भएको थियो। फिल्ममा परेश रावलले भगवानलाई अदालतमा मुद्दा हालेका थिए।
प्रकाशित मिति: