१२औं विश्व हात्ती दिवस : सौराहामा हात्तीलाई बनभोज

0
26

रत्ननगर, साउन २७-  चितवनको पर्यटकीय नगरी सौराहामा शनिबार हात्तीलाई बनभोज खुवाइएको छ । १२औं विश्व हात्ती दिवसको अबसरमा सरकारी तथा निजी स्तरका हात्तीहरुलाई खिर, केक सहित बनभोज खुवाइएको हो ।

युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाले बाघमारा मध्यवर्ती सामुदायिक वनको कार्यालय परिसरमा हात्ती बनभोज कार्यक्रमको आयोजना गरेको हो । सरकारी र निजी स्तरमा पालेका ६५ वटा हात्तीलाई लस्करै राखेर मिष्ठान्न भोजन गराइएको कार्यक्रम संयोजक कृष्णप्रसाद खतिवडाले जानकारी दिए ।

१२औं विश्व हात्ती दिवस : सौराहामा हात्तीलाई बनभोज 1

कार्यक्रमका प्रमुख अतिति चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जापुनले हात्तीलाई केक खुवाएर कार्यक्रमको उद्घाटन गरेका थिए । चामल र भेलीको खिर र केक सहित उखु, सख्खर, चना, फर्सी, ड्रागनफूड, स्याउ, केरा, खरभूजा खुवाइएको छ । सौराहाको पर्यटन विकासमा हात्तीको महत्व दर्जाउदै सफारी पर्यटनलाई जिवित राख्ने उद्देश्यले हात्ती दिबस मनाइएको युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले बताए ।

मानव र हात्तीको बीचमा उत्पन्न भएको असमझदारीलाई हल गर्दै हात्ती संरक्षणमा जनभावना अभिवृद्धि गर्न आवश्यक रहेको खतिवडाले बताए । कार्यक्रममा चितवन निकुञ्जका बरिष्ठ पशु चिकित्सक डा विजय कुमार श्रेष्ठले नेपालमा हात्तीको अबस्था, महत्व, रहनसहन र स्याहार सुसारको विषयमा जानकारी गराएको थिए । आहार, खानपान र स्वास्थ्य उपचारको हिसाबले हात्ती पाल्न मुश्किल रहेको भन्दै निजी स्तरमा हात्ती पालेर पर्यटनको विकास गर्न सक्नु सामान्य कुरा नभएको उनले बताए ।

१२औं विश्व हात्ती दिवस : सौराहामा हात्तीलाई बनभोज 2

प्रमुख संरक्षण अधिकृत पुर्जापुनले सरकारले निजी स्तरमा पालेका हात्तीको दर्ता प्रक्रिया सुरु गरेको बताए । सरकारले निजी स्तरमा पालेको हात्तीहरुको विबरण संकलन गरिरहेको भन्दै नेपालमा १५० वटा हात्ती निजी स्तरमा पालेका हात्तीहरु रहेको उनले जानकारी दिए । सौराहामा सफारी पर्यटनमा प्रयोग भएका हात्तीहरुको पनि दर्ता गर्न निकुञ्जले सहयोग गर्ने उनको भनाई छ । चितवन निकुञ्जमा दरबन्दी रहेका ५० वटा, राष्ट्रिय प्रकृति संरक्षण कोषमा ७ वटा र सौराहामा निजी स्तरमा पालेका ५० वटा हात्ती छन् ।

१२औं विश्व हात्ती दिवस : सौराहामा हात्तीलाई बनभोज 3

प्रमुख संरक्षण अधिकृत पुर्जापुनले निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र पर्यटन व्यवसायीको त्रिपक्षिय सहकार्यबाट मात्र हात्तीको संरक्षण सम्भव रहेको बताए । राष्ट्रिय प्रकृति संरक्षण कोष, बाघमारा, चित्रसेन, कुमरोज मध्यवर्ती सामुदायिक वन, क्षेत्रीय होटल संघ सौराहा, रेवान सौराहाको सहआयोजना तथा लायन्स क्लव अफ सौराहा वाइल्डलाइफ सिटि, लायन्स क्लव अफ चितवन कम्युनिटी हेल्पको सहयोगमा दिबस मनाइएको हो ।

१२औं विश्व हात्ती दिवस : सौराहामा हात्तीलाई बनभोज 4

युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाको अध्यक्षतामा भएको कार्यक्रम चितवन वनकी सचिव रिता थापाले सञ्चालन गरेकी थिइन् । युनाइटेडका उपाध्यक्ष शम्भूप्रसाद मालीले धन्यवाद मन्तव्य राखेको सो कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाकी प्रमुख रचना शाह, क्षेत्रीय होटल संघका ऋषि तिवारी, बाघमारा वनका सचिव कृष्ण भट्ट,रेवानका महासचिव सुर्यबहादुर रिमाल लगायत सौराहाका पर्यटन व्यवसायीहरुको सहभागिता रहेको थियो ।