जुम्ला, साउन २७- स्वतन्त्र उम्मेदवारी दिएर कर्णाली प्रदेशसभामा निर्वाचित सांसद देवेन्द्र शाही नेपाली कांग्रेसमा फर्किएका छन् । सांसद शाहीले शनिबार पत्रकार भेटघाट गरेर आफू कांग्रेस पार्टीमा फर्किएको बताएका हुन् ।
शाहीले निर्वाचनको समयमा आफ्नो पक्षमा जनमत भएपनि टिकट नपाएका कारण विद्रोह गरेको बताए । ४ मंसिर २०७९ मा भएको प्रदेशसभा निर्वाचनमा शाही जुम्ला (क) बाट ९ हजार ६ सय ५४ मत ल्याएर विजयी बन्दा कांग्रेसका आधिकारिक उम्मेदवार ललितजंग शाही ७ हजार ७ सय ५५ मत ल्याएर दोस्रो स्थानमा रहेका थिए ।
आफू निर्वाचित भएदेखि कर्णालीको विकास र समृद्धिमा लागिरहेको बताउँदै शाहीले अब पार्टी र जनताको सुझावका आधारमा काम गर्ने बताए ।
प्रकाशित मिति: