काठमाण्डौँ, साउन २७-
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले युरोप भ्रमण छोट्याउँदै आइतबार नेपाल फर्कने भएका छन् । स्वीट्जरल्यान्डबाट दुई दिनअघि स्पेन आएका उनी म्याड्रिडस्थित नेपाली दूतावासमा छन् । पूर्वप्रधानमन्त्री नेपाल आइतबार म्याड्रिडबाट कतार एयरलाइन्स हुँदै नेपाल फर्कन लागेको हुन् ।
ललितानिवास जग्गा प्रकरणमा सर्वोच्च अदालतले हालै पिरामिडको माथिल्लो तहसम्म छानबिन गर्न आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि विदेश भ्रमणमा गएको भन्दै आलोचना खेपिरहेका बेला उनले १० दिने भ्रमणलाई छोट्याएका हुन् ।
पूर्वप्रधानमन्त्री नेपालको यसअघि भदौ १ गते स्वदेश फर्किने कार्यक्रम थियो । प्रवासी नेपाली एकता मञ्च युरोपले आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनी सोमबार स्वीट्जरल्यान्डको जेनेभा आएका थिए । उनले क्रोएसिया र बेलायत जाने कार्यक्रम रद्द गरेका हुन् । माधव नेपाल ललिता निवास प्रकरणमा मुछिएका छन् । उनीमाथि पनि अनुसन्धान गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
प्रकाशित मिति: