चितवन, साउन २७ – चितवनमा सरसफाइकर्मीको पेशागत सुरक्षा र मर्यादा सुनश्चितताका लागि तालिम प्रदान गरिएको छ । एकिकृत विकास समाज नेपाल र नेपाल वाातवरणीय समूहको सयुक्त आयोजनामा सरसफाइकर्मीहरुको लागी “ स्वास्थ्य, सुरक्षा, स्वच्छता र संक्रमण रोकथाम तथा नियन्त्रण” सम्वन्धि तालिम प्रदान गरिएको हो ।
भरतपुर महानगरपालिकामा सात दिनसम्म सञ्चालन भएको तालिममा २०० भन्दा बढी सरसफाइकर्मीहरु तालिमबाट लाभान्वित भएका छन् ।
तालिममा फोहर स्वच्छता र पेशाजन्य स्वास्थ्य, सर्ने रोग र पेशाजन्य स्वास्थ्य जोखिम तथा संक्रमण रोकथाम प्रक्रिया, हात धुने कुराको महत्व, व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) को प्रयोग विधि, महत्व र यस्को सफाइ/निर्मलीकरण, सफाईकर्मीका निमित्त सान्दर्भिक कानुन, नियम र प्रावधानहरु जस्ता विषयमा प्रस्तुतीकरण, खेल अभ्यास र समूह कार्य तथा छलफल विधि मार्फत प्रशिक्षण गरिएको थियो ।
तालिममा मूख्य सहभागीको रुपमा चितवन कृषि तथा सुरक्षा टङ्की व्यवसायिक संघ, विद्यालय, सार्वजनिक शौचालय, भरतपुर महानगरपालिका, हस्पिटल, डम्पिङ्ग क्षेत्रमा फोहर छुट्टाउने अनौपचारिक कामदार, निजि क्षेत्र (फोहर व्यवस्थापन समूह र वातावरणिय सुन्दर नेपाल) बाट रहेका थिए । सहभागी सफाइकर्मीमा फोहरका गाडी चालक, स्वीपर, फोहर छुट्टाउने, हेल्पर, सफाई गर्ने रहेका थिए ।
भरतपुर महानगरपालिकासंगको सहकार्यमा सञ्चालित तालिममा भरतपुर महानगरपालिका सरसफाइ शाखा प्रमूख जानुका केसी, एकिकृत विकास समाज नेपाल÷नेपाल वाातवरणीय समूहका कार्यक्रम समन्वय विज्ञ संजय देवकोटा र नेपाल विकास समाजका परियोजना प्रमूख गीता साहले प्रशिक्षण गर्नु भएको थियो । कार्यक्रम संयोजन तारा बहादुर खातीले गर्नुभएको थियो ।
एशियाली विकास बैंकको सहयोगमा, एकिकृत विकास समाज नेपाल र नेपाल वाातवरणीय समूहद्धारा भरतपुर महानगरपालिका र नेपालगञ्ज उपमहानगरपालिकामा सरसफाईकर्मीहरुको पेशागत स्वास्थ्य, सुरक्षा र सम्मानका लागी परियोजना सञ्चालित छ ।
प्रकाशित मिति: