तनहुँ,साउन २७- तनहुँको आँबुखैरेनीमा गएको पहिरोले अवरूद्ध राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ। शनिबार साढे ६ बजे आँबुखैरेनी गाउँपालिका वडा नम्बर ४ ऐना पहरास्थित पृथ्वी राजमार्गमा पहिरो खस्दा अवरूद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मोहनबहादुर खाणले जानकारी दिए।
इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको विपद् व्यवस्थापनको टोली र स्थानीय पालिका एवं सडक डिभिजन कार्यालय तनहुँको सहकार्यमा अवरूद्ध सडक एकतर्फी सञ्चालनमा ल्याएको हो। त्यस्तै दुबै तर्फ सडक सञ्चालन गर्ने प्रयास भइरहेको छ।
प्रकाशित मिति: