युएई,साउन २७ – गैर आवासीय नेपाली संघ (एनआरएनए) का कार्यकारी अध्यक्ष डाक्टर बढी केसीले एनआरएनए युएईको सदस्यताको बिषयमा कुनै छानबिन गर्न आवश्यक नरहेको बताउनुभएको छ ।
एनआरएनए एनसिसी नेपाल एसोसिएसन युएईको आयोजनामा भएको भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुदै कार्यकारी अध्यक्ष केसिले केही व्यक्तिहरुले युएईको सदस्यता छानबिनको माग गर्दै आईसिसीमा परेको उजुरी खारेज भएको प्रष्ट पार्नुभयो । उहाँले एनआरएनए युएईको निर्वाचन रोक्न हालिएको मुद्दा पनि अदालतले खारेज गरिदिएको बताउनुभयो । युएईको सदस्यताको सबै विवाद टुंगो लागिसकेको छ अब भ्रममा नपर्नुहोला अध्यक्ष केसिले भन्नुभयो : युएईको सदस्यता छानबिन हुदैन । उहाँले भन्नुभयो “एनआरएन युएईले बनाएको सबै सदस्य आधिकारिक हुन छानबिन आवश्यक छैन ।” उहाँले विकास शाही नेतृत्वको समिति वैधानिक र विधि विधानमा रहेर निर्वाचित भएकोमा नवनिर्वाचित कार्यसमितिलाई बधाई र शुभकामना दिनुभयो ।
अध्यक्ष केसिले भिजिट भिसा बाहेक प्रवासमा रहेका सबै नेपाली एनआरएन को सदस्य हुन पाउने जिकिर समेत गर्नुभयो । १ सय ८३ दिन भन्दा बढी बिदेश बसेपछि एनआरएन हुन पाईन्छ अध्यक्ष केसीले भन्नुभयो : एनआरएनको परिभाषा परिवर्तन गर्न आवश्यक छ । बिद्यार्थी भिसामा अध्ययनका लागि प्रवासमा रहेका नेपालीहरुलाई पनि समेट्नुपर्छ ।
एनआरएन विश्वभर रहेका नेपालीहरुको हितमा काम गर्ने साझा सस्था भएकोले यस्लाई व्यक्तिगत स्वार्थको रुपमा कसैले प्रयोग गर्न नहुने केसिले बताउनुभयो । सामाजिक सस्थाको श्रमिक हितको पक्षमा काम गरौ, नेपाललाई आर्थिक रुपमा समृद्ध बनाउन पहल गरौ अध्यक्ष केसिले भन्नुभयो । उहाले युएई संसारभरीको व्यवससिय केन्द्र भएको बताउदै एनआरएन युएईले सबैलाई समेटेर अघि बढ्नुपर्ने सुझाउनुभयो। अध्यक्ष केसिले एनआरएनएमा मध्यपुर्वको विशेष भुमिका रहेको बताउदै केही समय अघि ओमानमा सम्पन्न मध्यपुर्व भेला ऐतिहासिक भएको स्मरण गर्नुभयो ।
एनआरएनएमा देखिएको बिभाजनको सन्दर्भलाई जोड्दै अध्यक्ष केसिले सस्थापन पक्ष मिलापको पक्षमा रहेको प्रष्ट पार्नुभयो । मिलाप लाई अन्तिम रुप दिने तयारीमा रहेको उहाले बताउनुभयो ।
कार्यक्रममामा एनआरएन आईसिसी उपाध्यक्ष धर्मराज अधिकारी, एनआरएन मध्यपुर्व संयोजक मनोज गोर्खाली, एनआरएन युरोप उपसंयोजक ललित न्यौपाने, एनआरएन आईसिसी सदस्य खेमराज बस्नेत, नेपाली जनप्रगतिशिल मञ्च युएईका अध्यक्ष एवम् नेपाल एसोसिएसन एनआरएन एनसिसी युएईका सल्लाहकार बाबुराम विश्वकर्मा, निवर्तमान अध्यक्ष तथा संरक्षक ठाकुरप्रसाद ढुंगाना लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको नेपाल एसोसिएसन एनआरएन एनसिसी युएईका महासचिव भुवनकुमार वाग्लेले जानकारी दिनुभयो ।
नेपाल एसोसिएसन एनआरएन एनसिसी युएईका उपाध्यक्ष मनोज सैजुले स्वागत गर्नुभएको कार्यक्रमको अध्यक्षता नेपाल एसोसिएसन एनआरएन एनसिसी युएईका अध्यक्ष बिकास शाहीले गर्नुभएको थियो ।
प्रकाशित मिति: