काठमाडौँ,साउन २६- लामो समयदेखि सामाजिक र सास्कृतिक क्षेत्रमा अग्रणी संस्थाको रुपमा काम गर्दै आएको सिजन मिडियाले अन्तरास्ट्रिय स्तरको अवार्ड कार्यक्रम गर्ने भएको छ।
सो मिडियाले आफ्नो १५ औं स्थापना दिवस तथा संविधान दिवस २०८० को अवसर पारेर असोज १५ गते काठमाडौंमा एशियाली देशका सफल व्यवसायीक व्यक्तित्वहरुलाई ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२३’ चौथो संस्करण विषयक सम्मान तथा अवार्ड कार्यक्रम आयोजना गर्ने भएको हो।
सामाजिक, राजनीतिक , साँस्कृतिक ,शैक्षिक र व्यवसायीक क्षेत्रमा सफल तथा क्रियाशिल व्यक्तित्वको काम र मेहनतलाई हौसला प्रदान गर्ने उद्देश्य राखि सो विशेष सम्मान तथा अवार्ड कार्यक्रम गर्न लागिएको हो ।
देश तथा विदेशमा रहेर विभिन्न क्षेत्रमा उहाहरुले गर्नु भएको काम तथा सामजीक योगदानलाई शब्दमा वयान गर्नु असम्भव नै हुन जान्छ । समाजका ती विशेष व्यक्तिलाई यस पटक संस्थाले एशियन मुलुकमा विभिन्न पेशा व्यवसायमा कार्यरत सफल व्यक्तिलाई अवार्ड प्रदान गरी उनीहरुको काम गर्ने सोच , व्यवसायीक क्षमताको सम्मान साथै सामाजिक दायित्वलाई प्रोत्साहन गर्न लागिएको हो ।
सन् २०१९ मा मलेसियामा सम्पन्न भएको प्रोफेशनल अचिभमेन्ट अवार्डको द्रोस्रो संस्करण कोभिडका कारण नेपालमा नै आयोजना गरिएको थियो । तेस्रो संस्करण दुवइमा सम्पर्न भएको थियो । यस वर्षको कार्यक्रम नेपाललगायत एशियन मुलका विभिन्न व्यवसायीक व्यत्तित्वहरुलाई नेपालमा आमन्त्रण गरी सम्पन गर्ने लक्ष्य राखिएको छ ।
सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले सामाजिक राजनैतिक सास्कृतिक शैक्षिकलगायत विभिन्न क्षेत्रमा दश वर्ष भन्दा वढी समय निरन्तर काम गरि सफलता प्राप्त गर्नु भएका र हाल विभिन्न काममा क्रियाशील रहिरहनु भएका राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यक्तित्वलाई प्रोत्साहित गर्ने उद्देश्यले यो अवार्ड प्रदान गर्न लागिएको जानकारी दिनुभयो । “सबै व्यवसायीक क्षेत्रका सम्मानित व्यतित्वहरुलाई अझै हौसला जागृत गर्न अवार्ड कार्यक्रम गर्दैछौं । यसले नयाँ पुस्तालाई प्रेरणा दिनेछ भन्ने विश्वास लिएका छौं ” उहाँले भन्नुभयो ।