रत्ननगर,असार २४- पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं १० मा रहेको एकता शिशु निकेतनका स्वीकार पौडेलले २०७९ सालको एसइई परीक्षामा चार जिपीए ल्याउन सफल भएका छन् ।
शुक्रबार प्रकाशित परीक्षाफलमा पौडेल चार जिपीए ल्याएर पूर्वी चितवनमै प्रथम हुन सफल भएका हुन । पौडेल कक्षा ६ बाट सो विद्यायमा भर्ना भएका हुन । पौडेल पढाईमा अब्बल छात्रको रुपमा चिनिएका थिए ।
सो विद्यालयले एसइई परीक्षामा चार जिपीए सहित उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । परीक्षामा सहभागी ५७ जना विद्यार्थी मध्ये पौडेलले चार जिपीए सहित ११ जनाले ‘ए’ प्लस, १८ जनाले ‘ए’, १७ जनाले ‘बी’ प्लस, ७ जनाले ‘बी’ र ४ जनाले ‘सी’ प्लस ल्याउन सफल भएको विद्यालयका प्राचार्य बालहरि देवकोटाले जानकारी दिए ।
उत्कृष्ट नजिताको लागि कृतिका पौडेलले ३.८५ जिपीए, अतिथि भट्टराईले ३.८० जिपीए, अर्सिना थापा, सलोनी निरौला, सुप्रिम ढकाल र एन्चु कुँवरले ३.७५ जीपीए ल्याएको प्राचार्य देवकोटाले जानकारी दिए । यसै बर्ष रत्ननगर नगरपालिकामा स्तर वृद्धि भइ ‘ख’ श्रेणीमा पर्न सफल भएको सो विद्यालयले हरेक बर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको प्राचार्य देवकोटाले बताए ।
२०५२ सालमा स्थापना भएको सो विद्यालय २०७२ सालको एसएलसी परीक्षामा अभिषेक आचार्य उत्कृष्ट अंक ल्याइ चितवन प्रथम र २०७३ सालमा भूमिका आचार्य छात्रा तर्फ नेपाल प्रथम भएकी थिइन् । २०७५ सालको एसइई परीक्षामा आशिष शर्माले चार जिपीए, २०७८ सालको परीक्षामा सुस्मिता खत्री र अन्जली भूषालले ३.९५ जिपीए ल्याइ छात्रतर्फ जिल्ला प्रथम भएका थिए ।
२०६० सालको एसएलसी परीक्षामा सत प्रतिशत विद्यार्थी प्रथम श्रेणीमा उत्तीर्ण गराइ विद्यालय तर्फ जिल्ला प्रथम समेत भएको प्राचार्य देवकोटाले जानकारी दिए ।
प्रकाशित मिति: